तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मकवानपुर। उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गरेकी छिन् ।

उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए । उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनले आज हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको  राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको जानकरी दिइन् । 

आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरिएको थियो । यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …