तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गरेकी छिन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडीखोला, सेतीवेणी सडकको कालोपत्र गर्ने कार्य शिलान्यास गरेकी हुन् ।

सिद्धार्थ राजमार्गसँग जोडिएका एक दर्जन सहायक भित्री सडकहरूको कालोपत्र गर्ने अभियानअन्तर्गत यहाँका आधा दर्जन सडक कालोपत्र भइसकेको मन्त्री अर्यालले बताइन् ।

सडक कालोपत्र गर्ने कार्यको शिलान्यास गर्दै मन्त्री अर्यालले विगत ३० वर्षमा हुँन नसकेको काम वर्तमान सरकारले गरेको बताइन् ।

“लिम्पियाधुरा लिपुलेकसहित नक्सा जारी गर्नेदेखि सुरुङमार्ग, रेल, पानी जहाज, सडक चौडा, सगरमाथाको उचाइ नाप्ने, युवालाई कृषिमा आकर्षित गर्नेदेखि युवालाई सर्टिफिकेट धितो राखेर ऋण दिने काम सरकारले गरेको छ”, मन्त्री अर्यालको भनाइ थियो । मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अबको लक्ष्य भएको बताइन् । एक फरक प्रसङ्गमा मन्त्री अर्यालले नेकपामा अहिले देखिएको समस्या कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताइन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …