तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

आज यसै विषयमा चर्चा परिचर्चा गरौंकि भन्ने जिज्ञासा उठेको हुनाले त्यस विषयमा आंफुले वुझेसम्मका कुराहरु तथा अन्य शाश्त्रीय प्रमाणहरु समेतको सारुप समेतलाइ समावेस गरी त्यसै विषयमा यहांहरु समक्ष आफ्नाविचारहरु राख्न चाहन्छु।

घर्मनिरपेक्ष लाइ वुझ्नु भन्दा पहिले धर्म भनेको केहो ?त्यसलाइ वुझ्नु पर्ने हुन्छ। धर्मको परिभाषा गर्दा मनिषीहरुले भन्नु हुन्छ” त्यो निष्ठा वा विचार तथा क्रियापद्धतिको नाम हो जो सवैलाइ धारण गर्दछ, जसवाट मनुष्यको सात्विक उत्थान हुन्छ। जो प्राणी मात्रको वास्तविक हित तथा सुखको साधन हो तथा अन्तमा नि:श्रेयस वा मोक्षको प्राप्ति गराउन सक्ने वाला जो हुन्छ त्यही धर्महो।

धर्म शब्दको व्युत्पत्ति धिन्वाद् वाट भएकोहो। धिन्वाद्को अर्थहो धारणा वा आश्वासन दिनु ,दु:खवाट पीडित समाजलाइ धैर्य दिएर सुखको मार्ग देखाउनु,यस्तो प्रकारको आचरणको नाम धर्महो। यस्तै धारणात् धर्म: धारण गर्नु र दु:ख वाट वच्नु।श्रीकृष्ण भगवानले जसरि गोवर्धन पर्वतलाइ धारण गरेर ब्रजवासीलाइ वचाउनु भएको थियो तेसै गरि जसको आचरणवाट अघोगतितिर गैरहेको समाजलाइ अधोगतितिर जानवाट रोक्न सकोस यसको नाम धर्महो। धर्मको व्याख्या यस प्रकार गरिएको छ।

“यतो$भ्युदय नि:श्रेयस सिद्धि :स धर्म:” जुन आचरणवाट अभ्युदय”शरीर निर्वाहाको साधन सजिलै संग प्राप्त हुन सकोस” तथा नि:श्रेयसको प्राप्ति””त्यो सर्वश्रेष्ठकल्याण वा प्राप्ति जुन कल्याणभन्दा अर्को ठूलो वा महत्वको कल्याण हुंदैन जुन सर्वश्रेष्ठ कल्याणको प्राप्ति अर्थात् मोक्षप्राप्ति” हुन्छ त्यसको नाम धर्महो। अतएव धर्मको एक लक्षण यो भयो।अव त्यस्तो कल्याणकारी मार्ग पहिल्याउन कस्ता आचरण वा कर्महरु गर्नु पर्छत भन्ने सम्बन्धमाश्रीमद्भागवत महापुराणको सप्तमस्कन्ध अध्याय 11मा देवर्षिनारदजीले धर्मराज युधिष्ठिरलाइ वताउनु भएका धर्मका 30लक्षण यस प्रकार रहेकाछन्-

सत्यं दयातप:शौचं तितिक्षेक्षा शमो दम:।
अहिंसा, ब्रह्म चर्यं च त्याग स्वाध्याय आर्जवम्।।8
सन्तोष समदृक्सेवा ग्रामेहोपरम:शनै:।
नृणां विषयग्रहेक्षा मौनमात्म िवमर्शनम्।।9
अन्नाद्यादे:संविभागो भूतेभ्यश्च यथार्हत:।
तेष्ट्वात्म देवता वुद्धि:सुतरां नृषु पाण्डव।।10
श्रवणं कीर्तनं चास्य स्मरणं महतां गते:।
सेवेज्यावनति:सख्यं दास्यमात्मसमर्पणम्।।11

देवर्षिनारदजीले धर्मराज युधिष्ठिरलाइ भन्नु हुन्छ हे युधिष्ठिर? शाश्त्रमा वताइएका धर्मका 30लक्षणहरुका वारेमा भगवान श्रीकृष्णले मलाइ जसरि धर्मका 30लक्षणहरुवताउनु भएको थियो ती लक्षणहरु मैले वताउंछु तपाइ ध्यान पूर्वक सुन्नु होस। ती हुन्-

सत्यमा चल्नु,तपस्या गर्नु, सवै प्रकारले(शारीरिक र मानसिक रुपले शुद्ध रहनु) सहनशील वन्नु(कसैवाट कुनै कटुवच द्वारा वा शारीरिकरुपले चोटपुर्याए पनि सहन गर्नु) उचित अनुचित कुराको विचार गरेर चल्नु, संयममा रहनु, कुनै पनि प्राणीलाइ शारीरिक वा मनासिक रुपले पीडा नदिनु, ब्रह्मचर्यधर्मको पालन गर्नु (एक नारी पनि ब्रह्मचारी नै हुन सक्छ)त्याग (शरीर निर्वाहाको लागि आवश्यक हुने वस्तु वाहेक अरु वढी संग्रह नगर्ने संसारमा जोकुछ छ त्यो सवै भगवानको भन्ने संझेर आवश्यकमात्रामा त्यागपूर्वक उपभोग गर्ने) स्वाध्याय सत्शाश्त्रहरुको अध्ययन वा आत्म चिन्तन, सरलता अपनाउनु, सन्तोष लिनु, समदर्शी महात्माहरुको सेवा, गर्नु, सान्सारिक भोगवादी प्रवृत्ति वाट निवृत्ति तिर उन्मुख हुंदै जानु, अभिमानी नवन्नु, मौन रहनु (अनावश्यक नवोल्नु) आत्मचिन्तन गर्नु, सवै प्राणीहरुलाइ यथासक्य आहार दिने व्यवस्था गर्नु, सवै प्राणीहरुमा समभाव राख्नु,(आत्मवत्देख्नु) भगवानका नाम गुण लिलाहरुको श्रवण, कीर्तन ,स्मरण, सेवा,पूजा, वन्दना, दास्यभाव(भगवानको दास संझनु) मैत्रि भाव, तथा भगवान प्रति आत्मसमर्पणगर्नु। यी 30धर्मकालक्षणहरुलाइ मनुष्यले पालन गर्नु पर्ने आचार हुन् यीनको पालन गर्नालेनै मानिस धर्मात्मा वन्न सक्छ।

वैदिकसनातन धर्म अन्तर्गत आदिपुरुष मनुमहाराजले धर्मका 30लक्षणहरुवाट संक्षेपिकरणगरेर 10लक्षण वताउनु भएकोछ जो यस प्रकार देखिन्छन्।

अद्रोहश्चा$प्यलोभश्च दमोभूतदया तप:।
ब्रह्मचर्यतथासत्यमनुक्रोश:क्षमा धृति:।।

अर्थात् कसैसंग द्रोह नगर्ने, कुनै कुराको लोभ नगर्ने,इन्द्रियहरुलाइ नियन्त्रण गरेर राख्ने, सवै प्राणीहरुमा दयाभाव राख्ने, ब्रह्मचर्यको पालन गर्ने, सत्य वचन वोल्ने, ,छलकपट चोरी नगर्ने, कसेले आंफुउपर कटुवचनले वा कुनै किसिमले चोट दिएपनि सहन गर्ने क्षमादिने र धैर्य धारण गर्न सक्ने क्षमता राख्ने। यति 10 लक्षण वताउनु भयो ।कालान्तर पछि मनु महाराजलेनै अति संक्षेपमा धर्मका मूख्य5लक्षणहरु वताउनु भयो जो यस प्रकार देखिन्छ।

अहिंसा सत्यमस्तेय शौच मिन्द्रिय निग्रह:।
एतद्धर्म समासेन चातुर्वर्ण्ये$ब्रवीन्मनु:।।

पहिलोहो अहिंसा ।हिंसाको स्थूल अर्थहो मनसा वचसा कर्मणा कसैलाइ कष्ट दिनु,यस्तो कुनै पनि हिंसावाट टाढा रहनु अहिंसाको पालनहो। दोस्रोहो सत्य , यस्तो कुनै सम्प्रदाय छैन जसले सत्यलाइ स्वीकार्दैन अर्थात् सवैले स्वीकार गर्दछन्। तेस्रोहो अस्तेयहो जसको अर्थहो कुनै प्रकारको पनि चोरी नगर्नु जो मान्छे आफ्नो कर्म व्यवहारमा पुरा इमानदार रहंदैनन् ती सवैलाइ शश्त्रले चोर मान्दछ। चौथोहो शौच – शौचको अर्थहो पवित्रता ,तन मनको शुद्धताको लागिनै सम्पूर्ण कर्मकाण्डको सृजना भएकोछ। इन्द्रिय निग्रह जसको अर्थहो पांच ज्ञानेन्द्रिय र कर्मेन्द्रिय पांच तथा इनको स्वामी एघारौं मन समेतको पूर्ण नियन्त्रण हुनु। यसरि इन्द्रियहरुको नियन्त्रण पनि कुनैन कुनै रुपमा सवै सम्प्रदायमा हुन्छ नत्र कुनै सीमा हुंदैन स्वेच्छाचारिता वढ्छ।

यस प्रकारले यो कुरा प्रष्ट प्रतीत हुन्छ कि कुनै पनि राज्य संस्था अथवा समाज या व्यक्ति धर्म विना रहन सक्दैन। कुनै राज्य धार्मिक सम्प्रदाय वाट पृथक हुन सक्छ तर धर्मवाट पृथक हुन सक्दैन। राज्यको लागि पनि उसको धर्म हुन्छ ।भनिन्छ जस्तो राज्यले अंगीकार गर्नु पर्ने राजधर्म पालन गरेको हुन्छ त्यो राज्य सुराज्य हुन्छ र जहां राज्यको धर्मवाट च्युत हुन्छ त्यो कुराज्य हुन्छ। आज एकातिर न्याय ,स्वतन्त्रता समता र वन्धुत्वका नारा छन् अर्को तिर यिनै गुणहरुको विनाशका साधनहरुको तयारी छ।वर्ग भावना अझै विभाजित हुन्छ एक खण्डलाइ संकुचित गरिन्छ।गुलामीको विरुद्ध आवाज उठ्ने राष्ट्रका वीच अस्पष्टता सन्देह र अविश्वासको वोलवालाछ। मानव जीवनको मूल्य घटेकोछ ।सामुदायिक जीवन पाखण्डले भरिएकोछ। सवैले अधिकार धेरै र जिम्मेवारी कम चाहन्छन्।

यो हाम्रो अगाडी कस्तो परस्पर विरोधी दृश्यछ। मानवजीवनको एक पक्ष स्वस्थ सुखद सज्जनता एवं सहानु भूतिले भरिएकोछ,अर्को पक्ष महाघृणा पूर्ण दु‌:खद तथा अन्धकारले भरिएकोछ। यस वैसम्य वाट आज मनुष्य किं कर्तव्य विमूढ भएकोछ।यो इन्द्रिय प्रमत्तालाइनै आज युग धर्म को नाम दिइएकोछ।शिक्षा र संस्कृतिको नाममा जैव धर्मको उपसना भैरहेकोछ। एकान्त भौतिक सुखी एवं भोगलोलूप जीवनले मनुष्यको मनोराज्यलाइ यस प्रकार विक्षिप्त , विच्छिन्न तथा विशृङ्खलित वनाएकोछ कि त्यो आफ्नो मानसिक सन्तुलन हराएर वसेकोछ। वर्तमान युगमा ज्ञान विज्ञानको चरम उन्नति भयो, मनुष्यको कल्याणको लागि विज्ञानले चमत्कार पूर्ण आविष्कार गर्यो र गर्दैछ त्यही आज मनुष्यको लागि भयंकर विपद्को करण पनि वनेकोछ। नैतिक दृष्टिमा आज मनुष्य टाट पल्टिएकोछ।

आत्मिक दृष्टिवाट आज उ कङ्गाल वनेकोछ। यसको अर्थ यो होइन कि जे जति भौतिक सुविधाका सामानहरु विज्ञानले आविस्कार गरेकोछ त्यस वाट फाइदा नउठाएर यस वाट विमुख भएर वसौं भन्ने होइन अपितु विलासमा परेर स्वधर्मवाट अलग हुन भएन भन्नेहो। सूर्यको धर्महो तातो र प्रकाश दिनु सूर्यवाट यस धर्मको लोप भयो भनेत उ सूर्य कहलाउन लायक हुंदैन त्यसलाइ एक पत्थरको गोला मात्र भन्न सकिन्छ। तेस्तै मनुष्यले जहां सम्म मनुष्य नियमहरुलाइ पालन गरिरहन्छ त्यहांसम्म उसलाइ मनुष्य भन्न सकिन्छ। धर्म शब्दको व्यूत्पत्ति पनि यस्तैहो धर्मको रक्षामानै मनुष्यको रक्षा हुन्छ।

धर्म निरपेक्षता के हो?
परमहंस स्वामी खप्तडवावा भन्नु हुन्छ” ईश्वरोपासनाको पद्धति जुनसुकै होस सत्यवादी दयालु,परोपकारीव्यक्तिलाइ धर्मात्मा तथा हिंसावृत्ति भएका र लोभी क्रोधीलाइ अधर्मी भन्ने चलन लोक व्यवहारमा पनि देखिन्छ। ईश्वरोपासनाको नाम सम्प्रदायहो जुन एक देसीय ,कुनै जातिय ,वा वर्गीय हुन्छ। धर्म सार्वभौम हुन्छ, त्यसमा सम्पूर्ण सद्गुणहरुको समावेस हुन्छ। वहां अगाडी भन्नु हुन्छ सहसा समयले पल्टा खायो। राजनीतिककोश(political dictionary) मा यौटा अर्को शब्दको वृद्धि भयो।यो नयां शब्दको नाम थियो “सेक्यूलर”र यसको अर्थ गरियो “धर्म निरपेक्ष” भन्ने। सेकुलरको लागि कुनै धार्मिक सम्प्रदाय भनेको भए ठिक हुने थियो ।तर दुर्भाग्यवस यसको अर्थरुपमा धर्मनिरपेक्ष शव्द छानियो। हामी धर्मनिरपेक्षछौं भन्छौं तर के हामी सत्य अहिंसा नैतिकता अनुशासन आदि प्रति निरपेक्षछौ?। निरपेक्षता त्यसै वस्तुसंग हुन्छ जुन अनुपयुक्त ठानिन्छ। धर्म निरपेक्षको नाउं लिंदा लिंदा मनमा यो भाव स्थित हुन्छ कि धर्म खराव कुराहो यस कारण यो उपेक्षणीयछ। ऐलेको नयां पुस्ताले यही शिक्षा ग्रहण गरीरहेकोछ। महान दु:ख एवं आश्चर्यको साथ भन्नु परेकोछ ,यो धर्म निरपेक्षताको विचार हिन्दू मस्तिष्क वाटै निस्कियो र हिन्दू युवावर्गलाइनै यसले नराम्रो संग शिकार वनाइ रहेकोछ।

वावा भन्नु हुन्छ राजनीतिको लागि धर्म निरपेक्षता कुन हदसम्म आवश्यकछ? राजनीति प्रशासनको लागि सम्प्रदायनिरपेक्ष नीति कल्याणकारी हुनसक्छ, परन्तु यस प्रसंगमा धर्मशब्दको व्यवहार गर्नु अति भयानकछ। धर्मको तर्फ वाट निरपेक्ष रहनुनै कल्याण कारी ठानिदै आएकोछ। आश्चर्यछ हामी धर्म शब्दको वास्तविक अर्थवाट कति टाढा पुगेकाछौं।

यो धर्मनिरपेक्षताको नीति वाट हामी यस्ता वन्दै गइरहेकाछौं कि धर्मका मूलतत्वहरुलाइ जुन मानवताका आधारशीलाहुन्,जान्न र बुझ्न विर्सेकाछौं तथा दिन प्रतिदिन हामी दानवतातिर अग्रसर हुंदै गइरहेकाछौं। आज परमार्थको स्थान दम्भले, सेवाको स्थान स्वार्थ साधनले,कर्तव्यको स्थान छलकपटले, भक्तिज्ञानको स्थान आडम्वरले,दानको स्थान चोरीले,वजारको स्थान कालो वजारले,नाफाको स्थान झूठले, शुद्धको स्थान मिसावटले लिएर सम्पूर्ण स्थान पैसारुपी पिशाचले लिएकोछ। दिन प्रतिदिन नैतिकताको पतन भैरहेकोछ।यसको एक मात्र कारणहो- जनतामा मानवता स्थित रहेको धर्मका मूल सिद्धान्तहरुको प्रचार नहुनु।धर्म निरपेक्षताको विकासको साथ साथै ईश्वर प्रतिविश्वास क्षीण हुंदै गइरहेकोछ। प्रत्यक्षरुपमा नास्तिकताको मनोवृत्ति आज सम्पूर्ण विश्वमा फैलिरहेकोछ। वावा अगाडी भन्नु हुन्छ-

के हामी नास्तिक वन्न सकिन्छ? जर्मन दार्शनिक नित्सेले यति सम्म भनेका थिएकि उन्नाइसौं शताव्दीमा ईश्वरको मृत्यु भयो,अव अध्यात्म वादको खली खोल मात्रैछ तर जव द्वितीह विश्वयुद्धमा जर्मनीहरु माथि ठूला ठूला तोपहरु र ट्याङ्करहरुले अग्नि वर्षा गरिरहेका थिए, त्यसवेला सरकारी आदेश जारी गरियो-देशको रक्षाको लागि अनिवार्यरुपले सवै जर्मन नागरिकहरुले सामूहिक रुपमा ईश्वरको प्रार्थना गरियोस। त्यस वेला नित्सेका अनुयायीहरु ईश्वरको प्रार्थना गरिरहेका थिए।

अव हेरौं धर्म र सम्प्रदायमा देखिने अन्तर के छ? धर्म अनादिछ, सम्प्रदायको स्थापना अवतारी पुरुषहरुद्वारा गरिएको हुन्छ। ,अत: त्यसमा देस काल र समाज अनुसार साधना विधिमा केही विन्नताहरुछन।सम्प्रदाय भनेको धर्मको पथ विशेषहो। एक हिन्दू धर्ममानै अनेक सम्प्रदायहरुछन् परन्तु यहां कुनै विरोध छैन। केही सम्प्रदायहरुमा धर्मको नाममा ठूलो रक्तपात भएको पनिछ। यस वाट धर्म शब्दलाइनै अवहेलना गर्न थालिएकोछ। परन्तु यसो गर्नु गलतहो। इशाइ धर्मको क्रुसेड भयो ज्यादै रक्तपात भयो तर युरोपका कुनै पनि प्रजा धर्मको नाम वाट भड्कदैनन्। उनिहरुले आफ्ना गिर्जाहरुलाइ भत्काएका छैनन् तर हामी अभागी मात्रछौं जो अलिकति अंग्रेजी पढ्दैमा धर्मदेखि चिढिन्छौ र धर्मको नाम पनि लिन चाहंदैनौ।

रक्तपातको कारण धर्म होइन एक सम्प्रदायको कर्मकाण्डको दोश्रो सम्प्रदायको कर्मकाण्डको साथ विरोधनै यसको मूख्य कारणहो। इसाइ मेसिनरीवालाहरु धनको लोभ देखाएर तथा सुन्दरी युवतीहरुको मोह देखाएर मानिसहरुलाइ इशाइ वनाउंदैछन्। निश्चयनै यो इशाको सिद्धान्तको विरुद्धछ।यसरि संख्या वढाउने पन्थहरुको यहि ठूलो दोषहो। हिन्दूधर्ममा असहिष्णुता कहिल्यै रहेन।

धर्ममा हुने दुइकुरा मुख्यछन् -एक आफ्नो आचरणलाइ शुद्ध राख, दोश्रो आफ्नो वंशपरंपरागत आजीविका द्वारा निर्वाह गर। महापुरुषहरु एवं सद्ग्रन्थहरुको त्यो निर्देशननै धर्महो। त्योनै हाम्रो संस्कृतिको प्राणहो।

प्रत्येक युगको विशेष धर्म हुन्छ। प्रत्येक वर्ण एवं आश्रमको वेग्ला वेग्लै धर्म छ। प्रत्येक व्यक्तिको अधिकार कर्तव्य पनि अलग अलगछ। नित्यकर्म यो धर्मकृत्यको मुख्य अंग भनिएको छ यो गर्नाले कुनै धर्म हुंदैन तर नगर्नाले पाप हुन्छ। जस्तो प्रात उठ्नु,सन्ध्यावन्दन, स्वाध्याय ब्रह्मयज्ञ, देवयज्ञ अतिथियज्ञ भूतयज्ञ आदि। नैमित्तिक कर्म – नैमित्तिक कर्मको विधान प्रतिकूल निमित्तको वाधा वाट रक्षा पाउन तथाअनुकूल निमित्तको शक्तिवाट ज्यादा भन्दा ज्यादा फाइदा उठाउनको लागि निश्चित गरिएको सामान्य कर्महो।

विशेष धर्म- मनुष्यको जुन समाज,परिवार र राष्ट्रमा विशेष विशेष स्थिति हुन्छ त्यस अवस्थामा उसको विशेष कर्म वन्दछ। सैनिक धर्म अर्कै, प्रशासकको अर्कै न्यायाधीशको अर्कै र वकीलको धर्म अर्कै त्यस्तै वर्ण र आश्रमका पनि वेग्ला वेग्लैछन्। त्यस्तै आपद्धर्म – मनुष्य संधै सामान्य परिस्थि रहंदैन रोग व्याधि,विपत्ति आदि आइनै रहन्छन् अत: शाश्त्रहरुले तेस्तो परिस्थितिमा निर्वाह गर्न पनि विधान वनाएकोछ।

अव जुन ऐले धर्मनिरपेक्षताको विषयमा वडे वडे विद्वान हरुले वहस गरेको देखिन्छ कि राज्यको कुनै धर्म हुंदैन के राज्यको धर्म वा राजाको धर्म हुंदैन? भन्ने महानुभावहरुहो ?यहांहरुको ध्यानाकर्षण महाभारतको सभा पर्वमा युधिष्ठिर प्रति नारदजीका राज्यधर्म सम्बन्धी केही प्रश्नतर्फ केन्द्रित गर्न चाहन्छु।

राजन? कस्तोछ? गर्छौ के छ अर्थ संयुक्त।
आफ्ना पूर्वजको जस्तो ब्यवहार सवैतिर।।
तटस्थ मित्र ओ शत्रु को हुन् चिन्दछौ सव?।
गर्छौ या गर्न सक्दैनौ मौकामा सन्धीविग्रह।।
सैन्यलाइ यथा काल भत्ता भोजन वेतन।
राम्रो सक्छौ कि सक्दैनौ दिनै पर्ने कुरा दिन?।।
हर्ष उत्साह सम्पन्न बुद्धिमान र पराक्रमी।
सेनापति वफादार छन् छैनन् वुझ्दछौ तिमी?।।
आफ्नै उद्योगले राम्रो काम गर्ने मनुष्यले।
पूजा पाउंछ पाउन्न सम्मान र इमानले??।।
देसका निम्ति मर्नेका वालवच्चाहरु कन।
भत्ता दिन्छौ कि के गर्छौ? दु:ख वाट वचाउन।।
आफ्ना शरणमा पर्ने अथवा क्षीण दुर्वल।
शत्रुको गर्दछौ रक्षा निस्से पुत्र वरावर।।
देसका जनता सारा आफ्ना माता पिता सरी।
राम्रो विश्वास गर्छन कि गर्दैनन् के छ यो घरी?।।
जिती आत्मा कनै पैले इन्द्रियादि पनि जिती।
अजितेन्द्रिय औ मत्त शत्रु जित्छौ पछाडी कि?।।
किसानलाइ खान्की र वीउ को दुःख पर्छ कि?।
सैकडा एकमा उनले पाउने ऋण मिल्छ कि?।।
पैले दृढ वनि आंफू लड्छौ होला अरुसंग।
जित्छौ होलाजितेकाको गर्छौ पालन निश्चय।।
खेती गोठ र व्यापार कस्तो चल्दछ राष्ट्रमा,
यो पेसा गरने वस्छन् निस्से आनन्द भावमा।।
गाउं शहर सर्वत्र पंचायतहरु सव।
जनता वर्गको गर्छन् गर्दैनन् हित वास्तव।।
आधारात निदाएर आधारात पछी उठी।
धर्मार्थ दुइको रक्षा गर्छौहोला नि भूपति?।।
गर्दछौ देहको रक्षा औषधी नियमा दिले।
गर्दाहौ मनको पोष विद्वान्का सतसंगले।।
पराइ देसमा गुप्त वसेका मुख्य सैनिक।
तिम्रो आर्थिक सेनाले हुन्नन् निस्से नि वंचित।।
देसमा ठाउं ठाउंमा पोखरी जलपूरित।
ठूला ठूला हुनन् पानी लाउन खातिर।।
नत्र पानी नपाएर खेतिले हानी पार्दछ।
आकाशे वृत्तले हुन्न भन्ने वुझ्छौ नरेश्वर?।।

महा भारतको अनुशासन पर्वमा सरशैयामा सुतेका भीष्म पितामहले महाराजा युधिष्ठिरलाइ दिएको राजनीतिक र आचार सम्वन्धी शिक्षा-
राजनीतिक शिक्षा-

गर्नु वर्गीय नेताले मिलेरै वर्गको हित।
नत्र आपसमा पार्टी जन्मने हुन्छ सम्भव।।
पार्टी जन्मे भने धेरै पर्न जानेछ खल्वल।
होला अनर्थ त्यो वेला टुटनाले एकता वल।
मूख्ये घरायसी ठूला झगडा वाट जोगीनू।
त्यसका सामुक्वै हैन वाहिरी भय ठाननू।।
वाहिरी शत्रुले खाली पात झारन सक्दछन्।
घरैका शत्रुले आंटे जरै काटी ढलाउंछन्।।
मित्र द्रोही कृतघ्नी औ स्त्री घाती गुरुघातीको।
प्रायश्चित्त कुनै छैन शाश्त्रमा यति चारको।।
जन्मैले हुन्न क्वै शत्रु हुन्न मित्रु पनु कुनै।
आफ्नै सामर्थ्यले हुन्छन् शत्रु मित्र उनै उनै।।
नगरी राम्ररी सिद्ध नछोड्नु क्यै कुरा पनि।
कांडो पनि रहे शेष खिल पल्टेर दुख्छनि।।
सांचो वोल्दा कहीं ठूलो नोक्सान पर्न सक्दछ।
झूठो वोलि दिएकाले काहीं सत्कर्म वन्दछ।।
यस्तामा जान्नु मान्छेले झूठोनै सत्यहो भनि।
सत्य वोली पनि त्यस्तै झूठहो पापहो भनि।।
विद्यावृद्ध ,वयो वृद्ध ज्ञान औ शीलका धनी।
यस्ता ब्राह्मणको सेवा गर्नु सत्कर्महो भनी।।
नगर्नु कत्ति विश्वास नचिनेका मनुष्यको।
विश्वासीको पनि ज्यादै विश्वास न लिनु निको।।
ठक्करै नपरी मान्छै चेत पाउन्न राम्ररी।
चेते पछि रहे सास गर्छ राम्रो संधै भरी।।
शंकैगर्नै नपर्नेमा पनि शंका गरी रहू।
झन्शंकै लिनु पर्नेमा संधै शंका गरीरहू।।
मूख्य यो जान जुन साथी विश्वासी मानिदै थियो।
भित्र भित्र त्यही शत्रु भए सर्वत्र नाशियो।।
कछुवाले लुकाएझैं आफ्ना अंग शरीरका।
लुकाउनु कुरा आफ्ना तर जान्नु पराइका।
मूख्य मूख्यहरु भित्रै गोप्य सल्लाह राखनू।
राष्ट्रको मूख्य सल्लाहा सवैमा नफिजाउनू।।
सोच्नु मेरो छ के गल्ती कस्ताको गर्छु संगत।
नराम्रो वानी के के छ नछोडेको अझैतक।।
मौकामा शत्रुका साथ मिलेझै पनि गर्दिनू।
आफन्त भित्रका साथ रिसाएझैं पनि गर्दिनू।।
जसरी हुन्छ मान्छेले खोज्नु ज्यान वचाउन।
मिल्छन ज्यान रहे देखि सुख सम्पत्ति औ धन।।
निन्दा नगर्नु आंफुले नसुन्नु अरुको पनि।
चल्छ निन्दा जहां हिड्नु त्यहां कान दुवै थुनी।।
पराइ वाट आफ्नाको गर्छौ रक्षा जसोगरी।
आफ्ना वाट पराइको गर रक्षा उसै गरी।।
आफ्नो सफलता हुन्न जहां सम्म त्यहां तक।
शत्रुकहां पनि नित्य जाने र आउने गर।।
मनभित्र नराम्रोनै चिताए पनि वोलदा।
राम्रो वोल संधै सोधहितेक्षु तुल्यका कुरा।।
अर्काको अतिविश्वास अकाल मृत्यु तुल्यहो।
जस्का भरपर्यो तेस्ले नचाहे देखि त्यो मर्यो।।
अहिंसा सत्य अक्रोध दया दम कृपाहुनु।
हो तपस्या अरुछैन देह आदि सुकाउन।।
वेद मान्दिन भन्नु र शश्त्रको वात काटनू।
नमान्नु लोक मर्यादा हो आफ्नै नाश ठाननू।।
मेरो विचारमा यैहो मान्छेको पुन्य जीवन।
माता पिता र श्रद्धेय व्यक्तिको गर्नु पूजन।।
सुन्नलाइ सवैको नै सुन्नु ध्यान दिइकन।
गर्नलाइ त्यही गर्नु जो आफ्नो अनुकूलछ।।
पापी धर्मिक देख्यो कि रिसले चुर्मुराउंछ।
राम्रालाइ नराम्राले शत्रुहो भनिठान्दछ।।
वलिले निर्वलीलाइ मार्छन् के जितियो त्यहां।
जितोको तव मानिन्थ्यो वलियाले दिए क्षमा।।
अन्धो वा वहिरो जे जे वन्नु पर्छ वनीकन।
देस काल विचारे गर्नु पर्छ पराक्रम।।
जसका कारणले शोक चिन्ता वा दु:ख पर्दछ।
आफ्नै अंग पनि त्यस्तो त्यागी हालन योग्यछ।।
जस्तो वाच्छो नमारेर गाइ दुहिन्छ राम्ररी।
पृथ्वी दुहुनु रैति नमारेर तेसै गरी।।
बाच्छोलेझैं जुकाले झैं मौरिले झै गरिकन।
उठाउ कर मान्छेको नदु:खाइ रति मन:।।
दुनियाका कमाइको छैटौ भाग लिनु कर।
तर त्यो खर्चनु सारा प्रजाकै हित खातिर।।
छोरा नातीहरुमाझैं प्रजामा दृष्टि राखनू।
न्याय गर्दा पनि कत्ति पक्षपात नपारनू।।
वादी र प्रतिवादीको कुरा सुन्नु वरा वर।।
राख्नु विद्वान कुरा सुन्न राज्य हुन्छ अनिस्थिर।।
अपराधै गरी दण्ड भोग्ने हुन्नन् कसै त्यति।
जालीका जालले गर्दा अकार्थै मर्दछन् जति।।
सारा संसारको राम्रो विनदैन जति गर।
जोसुकैका पनि हुन्छन् शत्रु मित्र युधिष्ठिर।।
मदभट्टी र वेश्याका भट्टीशालाहरु तथा।
जुवाडे घर या यस्तै ठाउं नीच प्रकारका।।
राष्ट्रमा छन् भने काहीं प्रतिबन्ध लगाउनू।
राम्रो मान्छे पनि यस्तावाट विग्रन्छ जाननु।।
विना दुर्घटना कोही नहिडोस याचना गरी।
साच्चै आपत परेकाले पाओस अर्थ सरासरी।।
अर्थात् शंकट पर्दामा राष्ट्रवासी कुनै हवस।
विना विन्ति विना त्रास खान पाओस सुखी रहोस।।
जो प्रष्टछ सजिलोछ सर्वलोक हितैसीछ।
आत्माले पनि जो मान्छ त्यहीहो धर्म वास्तव।।
विद्वान ,बीर ,धनी ,नेता ,धर्मात्मा तपसी पथ।
सत्यवान् ,बुद्धिमान् व्यक्ति ,जान्नु रक्षक राष्ट्रका।।
देसका धनी व्यक्तिलाइ स्‌म्मान गर्नु पर्दछ।
भन्नु पर्दछ रैतीमा गर्नुहोस क्यै अनुग्रह।।
नहुन् माग्ने कुनै रैति कुनै चोर पनि नहुन्।
जो उस्काउंछ यिन्लाइ ती पनि चोर तुल्यहुन्।।
जस्तो हुन्थ्यो संधै त्यस्तो ऐले नहुन सक्दछ।
जो हुंदै हुन्नथ्यो कैल्यै त्यो ऐले हुन सक्दछ।।
यसर्थ जेपरोस जेहोस कहिल्यै शोक नलेउ तिमी।
क्यै गरी फेर्न सक्दैन शोकले त्यो कुराभनी।।

अवभीष्मजीले महाराज युधिष्ठिरलाइ “मानव आचार सम्बन्धी कुराहरुको जुन उपदेश दिनु भएको थियो त्यो उपदेश यसप्रकार देखिन्छ –

विहानै ब्यूंझनु ब्यूंझी धर्म अर्थ विचारनू।
उठी कुल्ला गरी वस्नु अनि सन्ध्या गरी लिनू।।
वेलुका पनि सन्ध्यामा गर्नु ईश्वर कीर्तन।
सूर्योदय र सूर्यास्त हेर्न हुन्न कुनै दिन।।
यस्तै ग्रहणमा मध्य दिनमा जलमा पनि।
नहेर्नु सूर्यको विम्व आयु हर्ने कुरा भनी।।
आयु घटाउनलाइ छैन त्यस्तो कुनै विष।
परस्त्री संग सम्पर्क गर्नाले जति घट्दछ।।
नेत्र औ केश शृङ्गार दन्त धावन यो सव।
पूजा पाठ पनि नित्य विहानै गर्नु योग्यछ।।
दिशा पिशाव गर्दामा संधै उत्तर फर्कनु।
यी दुइ चिज मान्छेले नहेर्नु र नकुल्चनु।।
चौवाटो र वडा बृक्ष चौतार आदि ई सव।
वाटो हिड्दा सकेसम्म दाहिनै पार्नु पर्दछ।।
मैलो ऐना परस्त्री र गर्भिणी स्त्रीहरु कन।
नहेर्नु बुद्धि जीविले राम्ररी अडिइकन।।
शिरानी गर्नु मान्छेले कि पूर्व कित दक्षीण।
नपार्नु शिर सुत्दामा कहिल्यै उत्तर पश्चिम।।
अंध्यारामा र अर्काका साथमा तेर्सीइ अनि।
भत्किएको र विहग्रेको खाटमा पनि सुत्न हुन्न नि।।
खेतीमा गाउंका पास पानीमा तीर्थमा पनि।
दिशा पिशाप मान्छेले नगर्नु कहिले पनि।।
भारीवोक्ने,वुढा,नारी भलाद्मी अनि ब्राह्मण।
गाइ राजा यति लाइ वाटो छोड्नुछ उत्तम।।
स्वदेसै होस विदेसै होस जहां वस्दछ सज्जन।
आंफु तेसै वसोस भोकै नराखोस पाहुना कन।।८
मान्नै पर्नेहरुलाइ उठी सौंपनु आशन।
वढ्दछन् नम्र वन्नाले आयु कीर्ति अनि धन।।
बृद्धलाइ नहेप्नु र नपठाउनु क्यै लिन।
नवस्नुहो खडै वस्दा यस्लै घट्दैन जीवन।।
नाङ्गी नारी अनि मान्छे नखोज्नु कत्ति हेरन।
विहान वेलुका सुन्नु वडाका वात चित्त दी।
वडाकै संगले मिल्छ शाश्त्रको ज्ञान राम्ररी।।
जस्तै आपत्परोस हुन्न “तिमी”भन्न वडाकन।
तिमी भन्नु र मार्नुमा भेदछैन वडाकन।।
आंफु वरावरीका र मुनीका मानिसै कन।
तिमी भनेर वोलेमा सक्दैन पाप लागन।।
जानी जानी गरी पाप खोज्छन् मूर्ख लुकउन।
जति लुकाउंछन् त्यत्ति विगार्छन् आफ्नो जीवन।।
एक्लै गर्नु सवै धर्म नलि देखावटी पन।
ब्यापारी मात्र हुन् ती जो गर्छन धर्म प्रदर्शन।।
पूजागरी नलि दम्भ वडामा वन निर्मल।
परत्रलाइ सम्पत्ति जोर्न दानहरु गर।।
नहेर्नु घीन मानेर गोमूत्र अनि गोवर।
नखानु गाइको मासु लिनू गोपालन ब्रत।।
पंक्तिमा भेद राखेर खाने वस्तु नवाडनु।
नवाडीकन खाएको हो महा विष जाननू।।

महाभारतको युद्ध समाप्त भयो कौरवहरु सयभाइ मारीए, युधिष्ठिरले हस्तिनापुरको राज्य सम्हाल्नु भयो त्यस पछि महाराज धृतराष्ट्र र गान्धारी दुवै युधिष्ठिरको साथमा वसेका थिए करिव 15वर्ष संगै वसेपछि धृतराष्ट्रलाइ त्यहां वस्न मनलागेन र आंफुहरु दुवै जना वनमा तपस्या गर्न जाने निधो गरेर युधिष्ठिर संग विदा माग्न गए ,वनजान मन गर्नु भएका धृतराष्ट्रक‌‌लाइ युधिष्ठिरका तर्फ वाट स्वीकृति भयो र वनजान लागेका धृतराष्ट्रले महाराज युधिष्ठिरलाइ दिएको राजधर्मको शिक्षा यस्तो देखिन्छ-

गर राज्य तिमी वावु? राखेर धर्ममा मन।
सवै विभागमा कत्ति उपेक्षा नलिइकन।।
विद्वान र वृद्धको सेवा गर्न खोज संधै भर।
जानेकै वातहोस तिन्ले भन्दामा सुन्दिने गर।।
राख कायम पारेर घोडाझैं सव इन्द्रिय।
धन संचित गर्नाले पछाडी काम लाग्दछ।।
स्वदेसी अतिविश्वासी गुप्तचरीहरुकन।
घुमाएर वुझिराख राष्ट्रको जन जीवन।।
कुलशीलहरु वाट नचिनेका मनुष्यको।
निम्तामै पनि खांदामा रक्षा गर्नु शरीरको।।
सल्लाहा गरने ठाउं कि सानै हुनु पर्दछ।
कि फराक हुनु पर्छ खुला मैदानको स्थल।।
लाटा वैरा परै जाउन् पशु पक्षी र वानर।
पनि सल्लाह भूमिमा हुनु हुन्न कतै तिर।।
गुप्त सल्लाह खुल्नाले जति नोक्सान पर्दछ।
त्यो मिलाउन मान्छेले महा मुस्कील पर्दछ।।
गोप्यता भंग गर्नाले देसको कति घातछ।
गोप्यता राखि राख्नाले साच्चै नै कति लाभछ।।
मन्त्री मण्डलमा यस्को गर्नू व्याख्या सफा संग।
नरहोस गोप्यता वारे मन्त्रीमा कत्ति शंसय।।
घट्दोछ अथवा वढ्दो आंफुमा जन आदर।
जसरी हुन्छ यो जान्न खोजि राख युधिष्ठिर।।
नखांदै हेर्नु राजाले राष्ट्रको कति कोशछ।
कोश हेरे पछि मात्र खान लाउन वेशछ।।
खाइ निर्धक्क भेटनु सेनाध्यक्षहरु सव।
भेट्नु दूतहरुलाइ प्रायश वेलुकी पख।।
विहानै दिनमा गर्ने कर्मको गर्नु निर्णय।
मध्य रात्री र मध्यान्न मौकामा घुमने गर।।
आफ्नो र अरुको छिद्र खोजी खोजी संधै भर।
त्हस्को औषधी चाडैनै गर्न खोज्नु ययुधिष्ठिर।।
प्रोत्साहन दिइ राख्नु गुणिको गुण वर्धन।
गल्ती गरे पनि तिनले नथालनु विचारन।।
राखि सज्जनमा प्रेम दुष्टलाइ सताउनू।
तर कम्जोर शत्रुको खेदो गर्न नखोजनू।।

मनुस्मृतिमा राजधर्म-
मनुस्मृतिमा राज धर्मका वारेमा धेरै चर्चा गरीएकोछ। मनुमहाराजले मानवजीवनलाइ उन्नत प्रगतिशील तथा राष्ट्रको रक्षाका लागि राज धर्म एवं मानव धर्मका मापदण्ड द्वारा राष्ट्रलाइ सवल तथा सुव्यवस्थित गर्ने विधि वताइएकोछ। मनुष्यको जन्मदेखि मृत्यु पर्यन्त गर्नुपर्ने 16 संस्कार तथा आचरणको व्यवस्था गरिएकोछ। यस्तै मानव समाजलाइ समुन्नत तथा सवल वनाउनका लागि अनेक माध्यम द्वारा राजधर्मको व्याख्या गरेर,राजा मन्त्री सभासद् प्रजा तथा इनमा प्रयुक्त हुने वाला दण्ड विधसन न्यायव्यवस्थाका वारेमा वहुत सुन्दर व्यख्या गरिएकोछ।जस्तो –

पुत्र इव पितृ गृहे विषये यस्य मानवा:।
निर्भया विचरिष्यन्ति स राजा राजसत्तम:।।

मनुस्मृतिमा राजाकस्तो हुनुपर्छ भन्ने सम्वन्धमा यसरी चर्चा गरिएकोछ-

राजा इन्द्रसमान ऐश्वर्यकर्ता,यमकोवरावर पक्षपात रहित दण्ड दिनसक्ने,सूर्यसमान न्याय,धर्म तथा विद्याको प्रकाश दिन सक्ने,अग्नि समान दुष्टहरुलाइ जलाउन सक्ने ,वरुण समान दुष्टहरुलाइ अनेक प्रकारले वांधनेवाला चन्द्रमा समान सत्पुरुषहरुलाइ आनन्ददिन सक्ने, तथा कुवेर समान राज्यकोश भरण गर्ने वाला हुनु पर्छ।राजाले प्रजाहरु प्रति विशेषरुपले संवेदन शील वन्नु पर्छ। राजाले आफ्ना इन्द्रियहरुलाइ वसमा राख्नु पर्दछ।कामक्रोधलोभवाट मुक्त हुनु पर्दछ। राजाले शिकार , जुवा, दिवाशयन ,परनिन्दा ,परस्त्री प्रेम,मद्यपान ,नाच ,गान चुक्ली ,इर्ष्या छिद्रान्वेषण ,कटुवचन,धनअपहरण आदिवाट वच्नु पर्छ।

समृतिमा राजाको आचरणका सम्वन्धमा-

राजाले स्वजाति तथा सर्वगुण सम्पन्न स्त्री संग विवाह गर्नु पर्छ। राजा हरप्रकाले सुरक्षाका साथ रहनु पर्छ।राजाले समय समयमा यज्ञ गर्नु पर्छ।
प्रजावाट करअशूलीगर्दा इमानदारी तथा योग्य कर्मचारी द्वारा उठाउनु पर्दछ। राजाले आफ्नो राज्यको भूभाग वचाउन तथा प्रजाको रक्षाका निम्ति युद्धको लागि हरदम तयार भइरहन पर्दछ।राजाले विस्तारवादी नीति अवलम्बन गर्नु पर्दछ। आफ्नो सैन्यवल तथा वहादूरीलाइ समय समयमा प्रदर्शन गरी देखाउनु पर्छ। गोपनीय कुरालाइ गोप्यताका साथ राख्नु पर्छ र यसको लागि इमानदार गुप्तचरहरु नियुक्त गर्नु पर्छ। राजा सदैव सतर्क रहनु पर्छ। अविस्वशनीयहरुमा विश्वास गर्न हुंदैन।राजाले समय समयमा आफ्नो राज्यको सीमाको निरीक्षण गरिरहनु पर्छ । सीमामा सीमा रक्षक राख्नु पर्छ। आदि। राज धर्मका वारेमा कौटिल्यको अर्थ शाश्त्रमा पनि विस्तृतरुपमा चर्चारीएकोछ। यस शाश्त्रमा राजाको धर्मका वारेमा यसप्रकार वताइएकोछ-

प्रजा सुखे सुखं सुखं राज्ञ:प्रजानां च हिते हितम्।
नात्म प्रियं प्रियं राज्ञ:राजानां तु प्रियं प्रियम्।
प्रजाको सुखमा राजाको पनि सुख छ प्रजाको हितमा राजाको हितछ यसवाहेक राजाको प्रियकोही छैन प्रजाको प्रियनै उसको प्रियहो।
तस्मात् स्वधर्ममूलानां राजा न व्यभिचारयेत्।
स्वधर्म सन्दधानो हि प्रेत्यचेह न नन्दति।।

राजा पनि आफ्नो धर्म वाट च्युत नहोउन्, राजा आफ्नो स्वधर्म अनुकूल चल्नु पर्छ।जुन राजाले आफ्नो स्वधर्माचरण पालन गर्छन् त्यस्ता राजा यसलोक र परलोक दुवैमा सुखी हुन्छन।एक राजाको धर्म युद्ध भूमिमा शत्रुलाइ मार्नु मात्र हैन आफ्ना प्रजालाइ वचाउनु र पालन गर्नु पनिहो।

अन्तमा म के भन्न चाहन्छु भने धर्मभनेको त्यो समुद्रहोजो सदा एकरुपमा ( हिउद र वर्षात) अवस्थामा घटि वढी नभै एकसमान रहन्छ। विभिन्नश्रोतहरु वाट निसृत भएका विभिन्न नदी नालाहरु जसरी आफ्नो अन्तीम गन्तव्य सागरमा मिल्न जान तंछाड मछाड गरेर समुद्र तर्फ दौडिरहेकाछन् त्यसै गरी यी धार्मिक सम्प्रदायहरु पनि आफ्नो अन्तीम गन्तब्य शाश्वतधाम सम्म पुग्न तिनै नदि नालाहरुझैं तंछाड मछाड गरेर दौडीरहेकाछन्। यी मार्गहरु कोइ सीधाछन् कोइ टेढा मेढा छन् कोइ छिटो पुग्छन् कोइ ढीलो पुग्छन् यीनमा कुनै भेद देखिदैन। सम्प्रदाय ईश्वरीय अवतार लिएर आएका महापुरुषहरुले आ आफ्ना रुची अनुसाका मार्गहरु िनर्माण गरेर छोड्नु भयो तिनै सम्प्रदायको वाटो अवलम्वन गरेर आफ्नो गन्तव्य सम्म पुगे र जसरी समुद्रमा मिलनको लागि तीव्रगतिका सथ दौडेकानदीहरु समुद्रको गहिराइमा पुगेर समुद्रमै लिनभएर चीरस्थाइ विश्राममा जान्छन्र र इनको चंचलता मेटिन्छ तेसै गरी मनुष्य पनि यीनै महा पुरुषहरुले वनाएका पथहरुको अनुशरणगरेर उसको अन्तीम लक्ष जो परमानन्दको साक्ष्यात्कार गर्ने हो त्यो लक्ष कुनै यौटा मार्ग पहिल्याएर गएमा त्यहां पुग्न सकिन्छ र परमानन्दको अनुभूति गर्न सकिन्छ भनि भगवत् प्राप्तिको निमित्तनै दौडिरहेकाछन्।गीतामा भगवान् भन्नु हुन्छ-
ये यथामां प्रपद्यन्ते तां तथैव भजाम्यहम्।

मम वर्मानुवर्तन्ते मनुष्या: पर्थ सर्वदा:।।गीता4।11

जो कोइ मलाइ संझेर आएको हुन्छ उसले मलाइ प्राप्त गर्न सक्छ। सवै प्राणीहरु भिन्न भिन्न मार्गको अनुशरण गर्दै अन्तमा मेरै पासमा आइ पुग्छन् ।
भगवानको आशय म सच्चिदानन्द परमेश्वरलाइ प्राप्त गर्ने प्रवल इक्षा वोकेको जो कोही व्यक्ति पनि जुनसुकै महा पुरुषहरुले देखाएका जुन सुकै मार्ग समातेर यत्रा गरोस त्यस्तो व्यक्ति अन्तीममा मैकहां आइ पुग्छ त्यसकारण यो मार्ग उ मार्ग भनेर अल्झिएर नवस निष्काम कर्म गर कर्म नगरी वसेर उपाय छैन । भनेर भगवानले यी धार्मिक सम्प्रदायहरुलाइ संकेत गर्नु भएकोहो। हाम्रो वैदिक सनातन धर्म अन्तर्गतनै कति सम्प्रदायहरुछ् जस्तै वैष्णव ,शैव ,वौद्ध, जैन आदि अनेकौंछन यिनको एक आपसमा कुनै विरोध छैन, किनकि यी सवैमा मूलभूत सिद्धान्त उही अहिंसा ,सत्य अस्ते शौच मन्द्रिय इन्द्रियनिग्रह आदि विद्यमान छन् खाली विधि मात्र केही फरक देखिन्छ ।, यस्तै बौद्ध सम्प्रदाय ,जैन सम्प्रदायहरुत अहिंसा सत्य आत्मशुद्धि आदिमा अग्र पङ्गति रेहेको देखिन्छ।

क्रिश्चियन धर्मले पनि कुनैन कुनै रुपमा यी सिद्धान्तहरुलाइ स्वीकारेको देखिन्छ जस्तै क्राइष्ट भन्नु हुन्छ- (यदि तिमी मसंग वस्छौ भने तिमीले कुनै प्रकाको हिंसा नगर्नु, तनमनले शुद्ध भएर वस्नु) आदि। अन्य कुनै कुनै सम्प्रदायहरुका वीचमा एक आपसमा झगडा हुनै र यसैको निहुंमा धार्मिक द्वन्द चर्केर देसमा अशान्ति हुने भएकाले राज्य यस्ता धार्मिक सम्प्रदायहरुमा नअल्झिएर सवै जाति समुदाय र वर्गहरुले अपनो रिति स्थिति अनुसार चलिआएका धर्मका पथ अंगालेर तद् तद्कर्मगरुन् यस्मा राज्यले सवैको सहअस्तित्वलाइ स्वीकार गरोस ,एकले अर्कोको आस्थामा आघात नगरुन्भनेर रज्यले कुनै एकलाइ काखी नच्यापी सवैलाइ प्रश्रय दिने उद्देश्यले सर्वप्रथम वेलायत वाट (religion secular) भन्ने शब्द राखियो ।

पछि ,भारत स्वतन्त्र भए पछि संविधान निर्माण गर्दा धर्म निरपेक्ष शब्द राख्ने कि धार्मिक स्वतन्त्रता राख्ने भन्ने विषयमा निकै चर्चा भयो ।धेरैको मत राज्यको कुनै धर्मै नहुने पनि हुन सक्दैन त्यसैले धर्मनिरपेक्ष शब्द राख्न हुंदैन। कुनै पनि व्यक्ति वा राज्य धर्मवाट पृथक हुन सक्दैन।धार्मिक सम्प्रदाय वाट राज्य निरपेक्ष रहनु जायजहो त्यसैले हो भने राख्नु ठिकैहोला तर धर्म वाटै निरपेक्ष हुनसक्दैन भन्ने निकै वहस भयो तर वेलायतको प्रत्यक्ष प्रभावमा रहेको भारतमा वेलायत को दवावमा त्यहांको संविधानमा धर्मनिरपेक्ष राखिएको हो अन्यथा भारत जस्तो विश्वको अध्यात्म गुरुकहलिएको देसमा यस्तो अनर्थकारी शब्द राखिने थिएन भनेर स्वयं त्यहांका विद्वद्वर्गहरुको भनाइछ।तर नेपालको 2072को संविधान निर्माण गर्ने वेलमा यस सम्बन्धीवहस चलेको पनि थिएन । विडम्वनानै भनौं हामीकहां सम्बिधान निर्माण गर्दा परापूर्वकाल देखि चलिआएको हिन्दूराज्य नेपालको संविधानमा हिन्दूराज्यको स्थानमा धर्मनिरपेक्षराज्य भनि एकाएक यो शब्द कसरि राखियो संविधान निर्मातारुनै जानुन् ।जे जसरि राखे पनि धर्मनिरपेक्ष शब्द राखि सकियो अव यसलाइ लिएर द्वन्दमा जानु भन्दा हामीले अंङ्गीकार गर्दै आएको जुन वैदिक सनातन धर्मछ त्यसको मर्म र भावना वुझौं र जुन मार्गवाटजांदा अन्तीम गन्तव्य सम्म पुग्न सकिन्छ त्यै मार्ग पहिल्याएरहिडौं अरुले भनेका मिथ्यावचनहरुको पछिलागेर नकुदौं किनकि

आत्म वर्गं परित्यज्य परवर्गं समाश्रयात्।
स्वयमेव लयं याति यथा राज्य मधर्मत:।। चानी
जस्ले आफ्नो हितकारी स्वधर्मलाइ छोडेर अरुको आश्रयमा गएर वस्छ त्यो व्यक्ति त्यसरीनै नष्ट हुन्छ जसरी राज्यधर्म नष्ट भएको राज्य नष्ट हुन्छ। अथवा –
योध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते।
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव हि।। चानी

अर्थात् जसले ठूलो भाग पाउने आशामा आंफुसंग भएको छोडेर परको टिप्न जान्छ त्यसको आंफु संग भएकोत गयोनै अरुवाट पाइन्छ भन्ने आशाको खेतीको के भरोसा त्यो पनि नाशभए सरहनैहो। उद्दाहरणको लागि नेपालको वर्मान अवस्थालाइनै हेरौं धर्मलाइ अफिम भन्ने हरुको आचरण वोली वचन व्यवहार ,कर्म ,कस्तो दारुण देखिन्छ? ई स्वयं आंफुहरु पनि अत्यन्त दु:खी छन ,अशान्तछन् ,भोकाछन् ,क्षिण छन् त्यस्ताले कुन पाप गर्दैनन्?
वुभुक्षीतं किं नकरोति पापम्।
क्षीणा जना: निष्करुणा भवन्ति।।

अन्तमा मेरो नम्र निवेदन केवल यत्तिछकि राज्यले धर्मनिरपेक्ष राज्य भने पनि हामीले आफ्नो स्वधर्म छाड्नु हुंदैन हामीले स्वधर्म पालन गर्यौं भने धर्मले पनि हाम्रो रक्षा गर्छ । राष्ट्रको रक्षा गर्ने पनि धर्मैलेहो अत:हामी सवै स्वस्थ, सन्तुलित, शान्तचित्त ,धैर्यवान, शहनशील,सहिष्णु र अहिंसक वनौं ।किन भने हाम्रो वैदिक सनातन धर्मलेनै (अयं निज परोव्यत्ति गणना लघुचेतसाम्।

उदारचरितानां तु वसुधैव कुटुम्वकम्।। भनेकोछ सहिष्णु कतिसम्म छ भने दिन्दूधर्मले –
न स्वर्गो ना$पवर्गश्च आत्मा नो पारलौकिक:।
यावज्जीवेत् सुखं जीवेदृणं कृत्व घृतंपिवेत्।
भष्मिभूतस्य देहस्य पुनरागमनं कुत:?।।
अर्थात् न कुनै स्वर्गछ न मोक्षछ केही छैन

त्यसैले जति जिउनुछ सुख संग जीवन विताउ यो खरानी भएर जाने शरीर पुन फर्केर आउंछ भन्ने कुरा झुठहो।भन्ने चार्वाक जस्ता नाश्तिक वादको तर्क दिने चार्वाकलाइ पनि ऋषितुल्य गणना गरेको देखिन्छ र जति पनि माथि चर्चा गरिएका धर्मका लक्षणहरु मध्ये कहीं कतै मानवता विरोधी ,विकास विरोधी, आचार विरोधी वा कुनै प्रगतिको वाधक वनेको कहीं कतै देखिनदैन कतै भएपो देखिन्छ नभएको कुरा कहां वाट देखिन्छ। वेदले भन्छ “द्यौपिता:पृथिव्यांपत्रो$हम्” आकाश पिता र धरती(जन्मभूमि) माताहुन् भनेर जन्मभूमिलाइ आमालाइ जस्तै आदरगर पृथ्वीउपरउपद्रव नगर भनेको के नराम्रोहो? शुद्ध आचरण गरेर वस भनेको के नराम्रोहो? इन्द्रियहरुला नियन्त्रण गरेर राख , शहनशील वन ,हिंसानगर, सहिष्णुवन ,चोरी नगर ,लोभ लालच नगर,कटुशब्द नवोल भनेको के नराम्रो भयो ? योत कस्तो भहो भने हिन्दू धर्मले सूर्य चन्द्र पृथ्वी, जल ,वायु ,आकाश सवैलाइ देवता मानेर पूजा गर्नु भनेकोछ र हामी पूज्छौ सूर्यले विना भेदभाव प्रकाश दिन्छन्,उर्जा दिन्छन चन्द्रमाले प्रकाश दिन्छन ,शीतलता दिन्छन् तर तीनै चन्द्रमा हाम्रा मित्र छन् भने चोर वदमासको लागि फेरि शत्रु हुन्छन्।

यस्तै हिन्दू धर्मले सवैको अस्तित्व स्वीकार गर्दछ उसको कसै संग विरोध छैन तर यै धर्मलाइ विकासको वाधक भयो यसलाइ उखेलेर फाल्नु पर्छ यो अफिमहो भन्ने जस्ता ठगहरुले अनर्गल दुष्प्रचार गरिरहेकाछन् यिनी भित्र कति डर छ भने हेर्नुसत? कुनै हिन्दूसंस्कार वोकेका व्यक्ति पशुपतिमा गएर महादेवको पूजा गर्दा पनि यिनको कति सातो उडेको! पूर्वराजाले कुनै एक शब्द वोलेमा पनि डरैछ । अझ सवै भन्दा विडम्वनाको कुरात के छ भने हाम्रा विधिशाश्त्रहरु र अर्थशाश्त्रहरु प्राय सवै जसो वैदिक सनातन धर्मका आदर्श र सिद्धान्तमा वोकेका श्रुति स्मृति ग्न्थहरु मनुस्मृति , कौटिल्यको अर्थशाश्त्र आदिमा आधारित छन् तिनको कार्यान्वयन गर्ने तहमा वसेका शासक वर्गहरु मार्कस्वाद र लेनिनवादको सिद्धान्त घोकेर आएकाछन् अनि कसरी कर्ता र कर्ममा तादात्म्य हुन्छ र सही प्रतिफल निस्कन्छ? उता किसानले समयमा मल नपाएर मरिरहेकाछन् एता कृषिमन्त्री मार्कस् र लेनिनका खोक्रा सिद्धान्तहरुकोवकालत गरेर हिड्छन् अनि फेल खांदैनत? यी र यस्तैको गलत क्रियाकलापले गर्दा हाम्रो धर्म संकृति सभ्यतालाइ समेत मास्ने भए।,यिनले न राष्ट्रभाषाको महत्ववुझे नराष्ट्रियपोसाकको महत्वनै वुझे न यिनले राष्ट्रधर्मकोनै ख्याल राखे ,जव यिनले धर्मलाइनै मान्दैनौं भन्छन भने यिनले के राष्ट्रधर्मको पालन गर्छन् र देस जोगाउलान? देस कसरी उभोलाग्छ?अत यिनले भन्दा पनि ऐले सम्म पशुपतीनाथले वचाएको देसलाइ पछि पनि वावालेनै वचाउनु हुनेछ। धर्म निरपेक्षराज्य हिजो थिएन ,आज भयो यो भोली फेरि रहनेछैन।पुन हिन्दूराज्यनै पनि हुनसक्छ तर आफ्नो धर्म र संकार गयो भने फेरिफर्केर आऊंदैन त्यसैलेयिनको भर परेर हिड्नु भन्दा पनि हामीले आफ्नोकर्तव्यकेहो? आंफ्नो र अरुको के गर्दा कल्याण हुन्छ ?त्यो कुरा मनन गरेर स्वधर्मको पालन गर्दै अघिवढौं –
“श्रेयान स्वधर्मो विगुण:परधर्मात्स्वनिष्ठितात्।
स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह:।। गीता 3।35
शुभकामना जयश्रकृष्ण राधे

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …