स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले सोलुखुम्बुको नेचासल्यान २ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा दरबन्दी भएको डाक्टर पठाउन आग्रह गरेका छन् ।
विगत केही दिन देखि उक्त स्वास्थ्य चौकी डाक्टर विहिन भएको वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य चौकीका अध्यक्ष भेष कुमार बास्तोलाले जानकारी दिए । मन्त्रालयको डेलिगेसनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसी नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेत महासमिति सदस्य भोजराज कार्की जिल्ला सचिव भलाकाजी कुलुङ वडाध्यक्ष भेष कुमार बास्तोला नेपाली कांग्रेस सोलुखुम्बुका नेता बेदप्रसाद बन लगाएतको उपस्थिति रहेको थियो।
भेटमा मन्त्री त्रिपाठीलाई स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध भैसकेको र १५ शैय्याको भवन निर्माणका लागि पहल गर्न आग्रह गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिएका छन् ।
मन्त्री त्रिपाठीले छिट्टै नै माग सम्बोधन हुने आश्वासन दिएको नेता बास्तोलाको भनाई छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …