तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान अझै सशक्त बन्न सकेको छैन । अनुसन्धान कमजोर हुँदा हत्यारा उम्कन सक्ने खतरा बढ्दो छ ।

यद्यपि प्रहरीले सो घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, ती व्यक्ति नै संलग्न रहेको भन्ने प्रशस्त आधार प्रहरीले फेला पार्न नसकेको बताइएको छ । पक्राउ परेका ती व्यक्ति घटना भएको दिन दोगडाकेदारमा नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती व्यक्ति सार्वजनिक पदमा आसीन व्यक्ति भएको भनिएको छ । उनी गत शनिबार महेन्द्रनगर हुँदै भारतर्फ जान लागेका थिए ।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले अहिलेसम्म ती व्यक्तिको पहिचान खुलाएको छैन भने पक्राउ गरिएको बारेमा आधिकारिक पुष्टिसमेत गरेको छैन । तर, दुई दर्जन व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले बताउँदै आइरहेको छ ।

स्थानीयको प्रर्दशनमा संलग्न व्यक्तिलगायतका कुरा सुन्दा सो घटनामा एक जना स्थानीय तहका कर्मचारी, एक जना शिक्षक र एकअर्का व्यक्ति पक्राउ परेको भन्ने कुरा बाहिरिएको छ ।

प्रहरीले हत्यामा संलग्नताको आशंका लागेका व्यक्तिको कपडाको प्राविधिक जाँचसमेत गरिरहेको स्रोत बताउँछ । घटनाको समयमा उनी घटनास्थल नजिकै रहेको पाइएकोसमेत बताइन्छ । प्रहरीले घटनामा उनको संलग्नता रहे नरहेको बारे थप अनुसन्धान गर्दै छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता मुकेश सिंहले भने अहिलेसम्म कोही व्यक्ति पक्राउ नपरेको जानकारी दिए । उनले भने, ‘धेरै व्यक्तिलाई क्लोज रिङमा राखेका छौं, विभिन्न पाटोबाट सबुत प्रमाण जम्मा गर्ने काम हुँदै छ, अहिलेसम्म कोही पक्राउ परेका छैनन् तर, केहीलाई शंकाको घेरामा राखेका छौं ।’ गृहमन्त्री रामबहादुर थापाले मंगलबार गृह मन्त्रालय पुगेको एक प्रतिनिधि मण्डलको समूहसँग भागरथी हत्या प्रकरणमा प्रहरी दोषीनजिक पुगेको र छिट्टै पक्राउ गरिने भनेका थिए ।

बैतडीमा नै हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले समेत अनुसन्धानको घेरा साँघुरो हुँदै आइरहेको बताउँदै आइरहेका छन् । परिवारलाई सहानुभूति होइन छिटो न्याय चाहियो भागरथीको हत्यापछि विभिन्न दलका नेता, सांसद, स्थानीय तहका जनप्रतिनिधि बैतडी र जिल्लाबाहिरबाट भागरथीको घरमा पुगिरहेका छन् । डेढ महिनाअघि मात्रै श्रीमान् गुमाएकी भागरथीकी आमालाई उनीहरूले भेटेर सहयोग रकमसमेत दिइरहेका छन् भने कोही सान्वना दिँदै फर्किरहेका छन् । परिवारलाई सहानुभूति भन्दा पनि छिटोभन्दा छिटो दोषी पत्ता लगाउन दबाब दिएर न्याय दिलाउनुपर्ने स्थानीय छिमेकीको भनाइ छ ।

स्थानीयको प्रर्दशनमा संलग्न व्यक्तिलगायतका कुरा सुन्दा सो घटनामा एक जना स्थानीय तहका कर्मचारी, एक जना शिक्षक र एकअर्का व्यक्ति पक्राउ परेको भन्ने कुरा बाहिरिएको छ । तर, कोको व्यक्ति पक्राउ परे भन्नेबारेमा स्पष्ट जानकारी दिइएको छैन ।

यस घटनाले यसै ठाउँका अरू पनि पाँचवटा हत्याका घटनालाई बाहिर ल्याउने संकेत देखिएको प्रहरी अधिकारी बताउँछन् । यसैबीच मृतक भागरथीको शव अझै जिल्ला अस्पताल बैतडीमै राखिएको छ । उनको शव दिन दिनै बिग्रदै गए पनि हत्यारा पक्राउ गरी कारबाही नभएसम्म शव नबुझ्ने परिवारजनले बताएका छन् ।

यता भागरथीलाई न्यायको माग गर्दै प्रर्दशन गरिरहेको पक्षले भने अब १÷२ दिनमा प्रहरीले हत्यारा सार्वजनिक गरी कडा कारबाही नगरेमा सशक्त आन्दोलन गर्ने जनाएको छ । पब्लिकपावर अभियानका अभियन्ता भोजराज जोशीले भने, ‘अहिलेसम्म रचनात्मक हिसाबले मात्रै प्रर्दशन गरेका हौं अब हामी सशक्त आन्दोलनमा उत्रिनेवाला छौं ।

अहिले उनीहरूले नारा जुलुस, दीप प्रज्वलन, थाल बजाएर आन्दोलन, घण्टी बजाएर आन्दोलन, सिठी जुलुसलगायतका प्रदशन गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …