तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिबन पाख्रिन तामाङ्

काभ्रे। रोशी गाउँपालिका वडा नम्बर ११ सिमका कृष्ण बहादुर आले मगरलाई एउटै चिन्ता छ,श्रीमतीको उपचार खर्च कसरी जुटाउने भन्ने।‘अब थप उपचार गराउन पैसा छैन।श्रीमती दिल कुमारी आले मगर हाल ललितपुर पुलचोक स्थित निदान अस्पतालमा उपचार भैरहेको छ, कृष्ण बहादुरले भने कसरी उपचार खर्च जम्मा गर्ने पहिला वैदेशिक रोजगारको लागी मलेसिया गए त्यहाँबाट पनि केहि कमाएर ल्याउन सकीन  अहिले धेरै वर्ष भइसक्यो श्रीमतीको उपचारमा लागेको साथमा दुई छोरा दुई छोरीहरु छन।उपचार खर्च कसरी जुटाउँ ?

खाने, लाउने र कमाउने उमेरमा श्रीमती दिल कुमारी आले मगरको दुवै मृगौला फेल भएपछि उनका दिनहरु निकै कठिन बनेका छन् । पिडित कृष्ण बहादुरको घरमा कमाउने कोही छैन ।

हप्तै पिछे डायलासिस गराउन निदान अस्पताल पुलचोक पुग्नुपर्छ,’ कृष्ण मगरले भने अस्पतालमा उपचार खर्च जुटाउन गाह्रो भैरहेको छ’ उनका अनुसार श्रीमती एक वर्षदेखि मृगौलाको समस्या देखिएको हो । श्रीमतीको दुवै मृगौला काम नलाग्ने भएपछि आफन्तहरु आर्थिक स्रोत जुटाउन खटिएको उनले बताए ।

श्रीमती दिल कुमारी ४३ वर्षकी भईन। छोरा छोरीहरु पनि स साना नै छन।दुबै मृगौलामा फेल भएपछि आफन्तहरुको सहयोगमा काठमाडौं ल्याएर उपचार गराइ राखेका छौ  ।मृगौला फेर्ने चाहाना छ, त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस गराउँदै आएको छु ।’ उनले भने,माग्ने ठाउँ सबै सकियो, अब त डायलासिस खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ ।

कृष्ण बहादुरको घरमा साना छोराछोरी मात्रै छन् । डाक्टरले मृगौला प्रत्यारोपण गर्न ३५ देखि ४० लाख खर्च लाग्छ भनेपछि रोएरै दिन कटाएको उनी बताउँछन ।उनले दुखेसो पोखे ‘विहान साँझ हातमुख जोर्न समेत धौधौ छ, म गरीबले कसरि उपचार गरुँ?

कृष्ण बहादुर परिवारले उपचार सहयोगका लागि वडा कार्यालयदेखि गाउँपालिका र सरकारी निकायमा धाईरहेको बताए । मेरी श्रीमतीको नयाँ जीवन सहयोगी मनहरुले मात्रा दिन सक्नु हुनेछ मलाई सहयोग गर्नुहोस् मेरो सानो नाबलक छोरा छोरीको उज्जल भबिश्य तपाईंहरुको सानो सहयोगले मेरो पारीवारले नयाँ जीवन पाउन सक्छ भनी सहयोगको अपिल गरेका छन ।

सहयोगी मनहरुले स्वदेश तथा बिदेशबाट उल्लेखित नम्बरमा ९८१८३९९३५१ / ९८८४०२४२७५  मा सम्पर्क गर्न सक्नुहुनेछ 

अथवा 

Ram Kumar Tyangle
Prabhu bank Ltd.
A/C no 0860064068200011
खातामा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …