तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले पदाधिकारी नियुक्तिमा गरेको ढिलाइ प्रक्रिया प्रति स्थायी शिक्षक हकहित मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ  ।

शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्ष त्रि.वि.का उपकुलपति र शिक्षा सचिवको तीन सदस्यिय समितिले शिक्षक सेवा आयोगमा रिक्त रहेको अध्यक्षमा मधुप्रसाद रेग्मी , सदस्यमा डिल्लिराम रिमाल र नन्दकुमारी मर्हजनलाई सिफारिश गरेको जानकारी कात्तिक २२ गते गराए पनि हालसम्म पदाधिकारी नियुक्तिमा गरेको ढिलाइ प्रक्रिया प्रति गम्भिर रहेको जनाएको  छ ।

शिक्षक सेवा आयोग तयारी गरेर बसेका कैयौ युवा उमेर हदका कारणले सेवा प्रवेशमा समेत बञ्चित हुने अवस्था सृजनाका साथै शिक्षक बढुवा प्रक्रिया नै प्रभावित भएको परिवेशमा तत्कालै पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका शिक्षा मन्त्री एवं नेपाल सरकारलाई माग गरेको हो   

ई.सि.डी. शिक्षकको व्यवस्थापन , विद्यालय कर्मचारीको व्यवस्थापन , राहत उ.मा.वि. र अस्थायी शिक्षकको व्यवस्थापन , तहगत बढुवा , पेन्सन प्रयोजनका लागि अस्थायी सेवा अवधि गणना , लोकसेवा र शिक्षा सेवा आयोगमा शिक्षकको प्रवेश लगाएतका मुद्याहरुलाई यथाशिघ शिक्षा ऐन निर्माण र कार्यान्वयनको माध्यमबाट सम्बोधन गर्न अनुरोध गरेको छ । 

सम्पूर्ण  शिक्षाकर्मी , शिक्षासँग सरोकार व्यक्तित्व हरुलाई मागप्रति ऐक्यबद्धता जनाई रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । नेपाल सरकारले मागप्रति उदासिनता देखाएमा विद्यालय पठनपाठन प्रक्रियालाई अवरुद्ध नहुने गरी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने संयोजक रमेश बाबु भट्टराईले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …