तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मोरङ । कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिए ।

उनले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताए ।

अति प्रभावित निजी विद्यालयलाई बैंकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले बताए ।

दुईदिने भेलामा केन्द्रीय कार्य समितिका ९० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …