तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए ।

अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।”

बोर्डले गत वर्षको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधिमार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो
– गोरखापत्र दैनिकबाट

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …