तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच आज सम्झौता भएको छ ।

मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौँ महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार क्यानले उक्त प्रतियोगिता आगामी चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कति टोलीलाई सहभागी गराउने भन्ने विषयमा क्यानले छलफलपछि टुङ्गो लगाउने छ ।महानगरपालिकाले पहिलो चरणमा ६० प्रतिशत तथा दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ ।

सम्झौतापछि क्यान अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकासितको सम्झौतापछि प्रतियोगिता गराउन आफू उत्साहित भएको बताए । नेपालको क्रिकेटमा काठमाडौँ महानगरपालिकाले ठूलो गुन लगाएको उल्लेख गर्दै उनले देशभरका अन्य स्थानीय तहलाई पनि नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गरे ।

महानगरका प्रमुख शाक्यले विगतमा नेपालको फुटबलको विकासका लागि विभिन्न क्लबलाई सहयोग गरेको उल्लेख गर्दै नेपालको क्रिकेटलाई अघि बढाउन क्यानसँग सहकार्य गरेको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …