तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

माघ ११, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको  प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतलका नेताहरुले आज आईतवार सर्वोच्च अदालतमा  निवेदन दिएका हुन् ।

गत शुक्रवार प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाईका क्रममा कानून व्यवसायीहरुले राजपत्रमा छापिएको सूचनाको बारेमा प्रश्न उठाएका थिए ।  उनीहरुले सर्वोच्च अदालतसँग संसद विघटन तथा प्रधानमन्त्री ओलीको नियुक्तिका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी गरिएको सूचनाको वैधता तथा वास्तविकताबारे जानकारी गराउन माग गरेका हुन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …