तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र अविश्वास गरेपछि जनतामा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माछापुच्छे गाउँपालिका कमिटीले आज लाहाचोकमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसद् विघटन गरेर जनादेश लिनु अलोकतान्त्रिक र तानाशाही कदम नभएको जिकिर गर्नुभयो ।

पार्टीको स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता गुरुङले भन्नुभयो, “बहुमत प्राप्त दलको नेता प्रधानमन्त्रीलार्ई आफ्नै दलका नेताले अविश्वास र षड्यन्त्र गरिसकेपछि दलमा गएर पुनः सर्मथन देऊ भन्ने कुरा आउँदैन, आफूलाई निर्वाचित गर्ने जनताको बीचमा ताजा जनादेशका लागि जाने निर्णय प्रधानमन्त्रीले गर्नुभयो ।”

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाललगायत कुनै पनि नेतालाई कारवाही नगरेकाले समेत मूलधार सोही पार्टी रहेको भनाइ नेता गुरुङको छ । पूर्वमन्त्री खगराज अधिकारीले प्रचण्ड–नेपाल पक्षले जहिले पनि पदका लागि बार्गेनिङ गर्ने गरेको भन्दै तोकिएको मितिमा निर्वाचन हुने बताउनुभयो ।

पूर्वमन्त्री जगत् विश्वकर्माले जनताको बीचमा जाने कुरा प्रतिगमन नहुने जनाउँदै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले बहुमत प्राप्त गर्ने दावि समेत गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …