तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज चार स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको छ ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ कवि एवं गीतकार एसपी कोइराला र २०७६ कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ । २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७७’ पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही र गत वर्षका लागि वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ । प्राज्ञ सुवेदीका छोराद्वय शरदराज र रुपकराजले राखेको रू १५ लाख अक्षय कोषका ब्याजबाट प्रत्येक वर्ष ती पुरस्कार प्रदान गर्ने गरेको समालोचकका पुत्र एवं पत्रकार शरदराजले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिभाहरुलाई पुरस्कार वितरण गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभयो । पार्टीभित्रको झगडाले विघटन गर्नु न्यायसम्मत नभएको विचार व्यक्त गर्दै पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने तर्क गर्नुभयो । न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राख्दै उहाँले राजनीतिक दलका नेतालाई स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरुच संघर्ष गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा डिला सङ्ग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरीबीतर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आउनुपरेको विचार राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले साहित्य र स्रष्टा देशका गहना भएकाले यसको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी र पत्रकार कवीर राणाले साहित्यले समाजलाई नयाँ गति दिने बताउनुभयो । सो अवसरमा पुरस्कृत प्रतिभा विरही र घिमिरेले साहित्य समाजका ऐना भएकाले यसको माध्यमबाट समाजमा नयाँ आयाम थपिने धारणा राख्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …