तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर भोजपुरमा छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा प्रदेश– १ सरकार जुटेका छन् ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा– बैकुण्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङ्ला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङ्ग्रे पोखरी– च्याङ्ग्रे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत छन् ।

त्यस्तै बेहेश्वर मन्दिर– भुल्के, हतुवागढी, अरुणको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चे बजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् । सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाइ चार हजार १४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश – १ सरकारसँंगै स्थानीय तहले प्राथामिकता निर्धारण गरेका छन् ।

मुन्धुम पदमार्ग

सङ्घीय सरकारले निर्धारण गरेको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश– १ सरकार, स्वीस सरकार र टेम्केमैयुङ गाउँपालिकाको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । पाँचधारेबाट सिलिचुङ चुचुरासम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ निर्माण भइरहेको टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो ।

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ । दोस्रो चरणमा चियाघर, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँंगै पर्यटकका लागि खाना–बस्नका लागि अन्य संरचना निर्माण हुने बताइएको छ ।
विशेष गरेर विदेशी पयर्टकलाई लक्ष्य गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्ट प्रयोग नगरी स्थानीयस्तरको स्रोतसाधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचा निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।
सो पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश –१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा भ्यु टावर’ निर्माणको काम थालनी गरेको छ । सरकारले किराँत राईहरुको संस्कृति झल्कने तरिकाबाट टावर निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवद्र्धनसंँगै स्थानीयवासीको संस्कार, संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । सो टावर नेपालकै एक नमूना बनाइने उहाँको जिकिर छ । यसलाई किराँत पहिचानका रुपमा चिन्डो आकारमा विसं २०८२ सम्म निर्माण गरिने छ । सो डाँडाबाट तराईका फाँटसँंगै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्सेलगायत आठ हजार मिटर अग्ला ६ र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु १३ करोड ६२ लाख लागतमा टावर बन्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको हो । भ्यु टावरको शिलान्याससँंगै आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयले बताउने गरेका छन् । सो डाँडाबाट नजीकै रहेको तावा भञ्याङमा पोखरी निर्माणसमेत बनाइने प्रदेश सरकारको योजना छ ।
सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् ।

त्यस्तै पौवादुङ्मा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, ‘दोस्रो हलेसी’सन्तानेश्वर मन्दिर, दुङ्माली भाषा संरक्षण केन्द्र, च्याङ्ग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।

गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित रु ५० लाख लागतमा बाटो निर्माणको काम सम्पन्न भएको छ । ऐतिहासिक कोटगढीको संरक्षण तथा विकासमा ध्यान दिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसंँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँंग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।’’ भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाललगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

स्थानीयवासी ज्ञानेन्द्र राईले भन्नुभयो,‘‘गाउँपालिकाले पर्यटकिय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससंगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …