तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिशाल आचार्य

साहित्यकार, कवि, समाजसेवी युगसचेतक, पथप्रदर्शक, जे नामको पुष्पगुच्छाले पुकारा गर्दा पनि हुन्छ, अझ भनु संघर्षशिल ब्यत्तित्व,सरल ब्यत्तित्व,जनसाधारणसेवक, समाजसुधारक ! हेर्दा सरल देखिन्छन सामान्य पोसाक हुन्छ उनको ! न कुनै सुट न त पाएन्ट न त कुनै कोट नै ! सफा पोसाक चट्ट ढाका टोपी र हातमा पुस्तक हुन्छ उनको !

उनी हुन जगन्नाथ शर्मा आचार्य २००४ सालमा सिन्धुपाल्चोकको इन्द्रावती ५ थुम्कामा पिता कमलनाथ र माता मनमायाको प्रथम पुत्रका रुपमा जन्मेका उनको बाल्यकाल गाउघरकै धुलिमाटिमा बित्यो । जंगलमा गाइगोठालो जादा र विहान बेलुका हजुरामाको उत्प्रेरणाले पढेका उनले तेतिबेला पढाइने गरेका स्त्रेष्ता पुस्तक,वर्ण माला रुद्री चण्डी सम्मको सामान्य अध्ययन गरेका थिए।सानामा निकै चन्चले स्वभावका थिए उनी!उनका बुवामा सन्तान शिक्षित रहेमा मात्र परिवार शिक्षित रहन्छ भन्ने मान्यता थियो । त्यसैले गाउघरकै धुलिमाटिमा हासीखुसी रमाइरहेकै बखत भरतमणि नेपालको अगुवाइमा रानिपोखरी संस्कृत पाठशालामा पढ्न पठाए । २०२१ सालसम्म संस्कृत पाठशाला रानिपोखरिमै पढे । त्यही बखत काशी पढ्न जानेको लहड चल्यो उनि पनि त्यही लहडको सहयात्री बन्दै बनारसतिरै हाकिए ।

२०२५ सालसम्म बनारसका विभिन्न क्याम्पसको अध्ययन गर्दै रहदासम्म परम्परागत सोचमै लट्पट्टिएर मडारिरहेका थिए। २०२१सालपछि भरतमणी नेपालको उत्प्रेरणाले कागजको खेस्रे सटिफिकेटले मात्रै नहुने रहेछ अब नयाँ सोचको पार्टि तिर पनि लाग्नु पर्छ भन्दै २०२१ सालदेखि २०२५सालसम्म नेपाली कांग्रेसको समर्थकको रुपमा रहे । तेतिबेलाका नेपाली कांग्रेसका सशत्त बौद्धिक अगुवा प्रदिप गिरिको संगतिमा त्यहाँ भएको छात्रसंघको चुनावमा नेपाली कांग्रेसलाइ भोट सम्म हाले । प्रदिप गिरिले लेखेका र वि.पि को प्रजातान्त्रिक समाजवाद, गान्धी बाटोका पुस्तिकाको केही सामान्य अध्ययन त गरेका थिए तर तेतिबेला सम्म उनिमा कुनै सांगठनिक मार्गको चेत भने फुरिसकेको थिएन । जब २०२६ सालमा उनको भेट पुष्पलाल संग भयो तेति बेला नेपाली राजनीतिमा कालो बादल मडारिरहेका थियो । निरंकुश राजतन्त्रले देश ढाकिरहेको थियो । वि.पि, पुष्पलाल प्रजातन्त्र पुनर्स्थापनाको कसरत गरिरहेका थिए भने उता नेपालबाट पढ्न जाने विद्यार्थीलाई राम्रो ब्यवस्थाको लागि प्रतिस्पर्धा नै चल्थ्यो ।

विभिन्न क्याम्पसमा नेपाली विद्यार्थीका लागि नेपाली भाषामा प्रशिक्षण कक्षा संचालन गर्दै पार्टी र संगठन विस्तार गर्नमा उनी अभ्यस्त थिए। संस्कृत पढ्ने विद्यार्थिको संगठन विस्तारमा उनले पनि नेतृत्व लिएका थिए । पार्टिको निर्णयमा महिनौ दिन लगाएर भुमिगत रुपमा उनले दर्जनौ चिठी आदान प्रदान समेत गरेका थिए ।२०२८ सालमा उनी सिन्धुपाल्चोक जिल्ला वान्टेडमा परेका थिए । साहित्य संस्कृतितर्फ २०२८,२०२९ सालतिर मोदनाथ प्रसित, युद्धप्रसाद मिश्र, मदन भण्डारी लगायतको संगतिले साहित्य संस्कृति तर्फ लम्केका उनी भन्छन साहित्य,संस्कृति,समाजसेवा, वैचारिक संगठन यी चार बिधामा लागेर होला चार खुट्टेको संज्ञा दिए दुई खुट्टा भए ठिङ्ग उभिएर हात हल्लाउन सक्थे होला चार खुट्टे भए उभिन सक्दिन ।काध चढाएर माथी पुर्यायो फेर्केर हेर्छकी भनो विर्सदा रैछन! उनी भन्छन लोकतान्त्रिक कम्युनिस्टहरुको जीवन शैलिको पहिचान हाउभाउ र अलंकारबाट हुन्थ्यो आज हराएको टिठ लाग्छ ।

अहिले त – जसको छ पैशा उहीँ गन्यमान । उहीँ प्रवत्ता छ उहीँ कमान । नेता भनी दर्शन गर्नु पर्ने । मान्छे सबै अर्थ भएछ पुज्ने ।। भन्ने मदन भण्डारीको कविता साक्षात्कार भएको छ । उनी मदन भण्डारीका सहपाठी र अनन्य मित्र पनि हुन । २०३६ सालमा राजा विरेन्द्र काशी जादा पार्टिको निर्णयमा कालो झण्डा प्रदर्शन गर्दा उनि जेल परेका थिए महिनौ दिन पुलिस कस्टडिमा बस्दा खाइएको शारीरिक ताडनाको त्यो असर अझै उनीमा ताजै छन । त्यसकै प्रभावले उनी अझै पनि सकृय भएर काम गर्न सक्दैनन । तेति बेला उनी देश वान्टेडमा परेका थिए । यसो त उनीमा निराशाको कुरा त हैन उनी अझै छाती पिटेर भन्छन म हिडेको विचार आन्दोलन अहिले नेपाली आकाशको शिर्ष स्थानमा छ राष्ट्रियताको विषयमा जनसरोकारका सवालमा पार्टीका निर्णय ऐतिहासिक छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …