तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

केही महिनादेखि हराएका  अलिबाबाका संस्थापक ज्याकमा आज बुधवार भिडियो कन्फ्रेन्समार्फत् देखिएका छन् ।

केही समयदेखी सार्वजनिक रुपमा नदेखिएपछि उनका बारेमा विभिन्न संचारमाध्यममा विभिन्न अड्कल काटिएका थिए । चर्चित अलिबाबा कम्पनीका संस्थापक ज्याकमा आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि बुधबार भिडियो कन्फ्रेन्समा सार्वजनिक रुपमा देखिएका हुन् ।

ग्लोबल टाईम्स का अनुसार आफ्नो च्यारिटी फाउन्डेशनमार्फत् ग्रामिण क्षेत्रका स्कुलमा काम गरिरहेका शिक्षकहरुसँग उनले भिडियो कन्फ्रेन्समार्फत कुरा गरेका छन् ।

याहु न्युजका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका छैनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …