तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल ((स्याङ्गजा , वालिङ -६ मिर्दी )

भगवत गीतामा श्रीकृष्णले अर्जुनलाई  भन्नु भएको छ की, हेर तिम्रो शरीरनै तिम्रो कर्मक्षेत्र हो । शरीरको तहवाट जे जस्तो कर्म गर्दछौ, तेस वमोजिमको प्रतिफल तिमीले प्राप्त गर्ने छौ । शरीरनै कर्मको साधन, कर्मको क्षेत्र भएको हुदा यसको सदुपयोग गरी जीवनलाई सार्थक र भगवत प्राप्ती गर्ने तर्फ लाग्न सदुपदेश गर्नुभएको देखिन्छ । साँच्चै हामीलाई प्राप्त एक थान यो शरीर कम महत्वको छैन, तेसैले यसलाई राम्रो संग राज्यको रुपमा संचालन गरेमा जीवन सफल र पुर्ण हुने विश्वास गरिन्छ ।

शरीर आँफै केही पनि गर्दैन । शरीरलाई मात्र हेर्ने हो भने यो एक हाड मासु रगत वोसोको अस्तुमात्र हो । शरीरले मनको आदेश अनुसार तत्क्षण आज्ञाको पालन गर्दछ, तेसैलाई कर्म भनिन्छ । शरीर जे गर्दछ उ आँफ्नो जिम्मेवारीमा काम गर्दैन, मालिकको जिम्मामा छाडी दिन्छ, गरेको कामको लाभ हानी जस अपजस तेही मनले वोक्छ, जस्तै हातले गरेको काममा गल्ति भयो भने मन विक्षिप्त हुन्छ, हातलाई सो कुराको मतलव हुदैन । शरीरका तन्तुहरु वीच मैले यतिका काम गरें तैले गरिनस भनेर विरोध र झगडा पनि कहिले गर्दैनन, संगठनको लागि एकतावद्द भएर मरीमेटेर काम गर्दछन । भौतिक सन्सारमा कुनै यस्तो उपमा दिने सफल संगठन तथा संस्था छैन होला  जो शरीरका अंगहरुको  जस्तो आन्तरिक एकता र सुझवुझ होस ।

शरीरलाई व्रतमान राजनैतिक परिभाषा अनुसारको राज्यको दर्जा दिँदा पनि फरक नपर्ला । जसरी देशको निश्चित भुगोल, सरकार,सेना,  प्रहरी, संविधान, इतिहास,सस्कृति परम्परा आदि हुन्छ त्यसै गरी शिर देखी पैताला सम्मको कुल शरीर यसको भुगोल हो भने मन यसको प्रधानमन्त्री हो । मनले नै शरीरका सवै अंगहरुलाई कार्यादेश गर्दछ । हात खुट्टा सेना प्रहरी हो, नाँक, कान, आँखा र हात खुटटा समेत मन्त्रीहरु हुन्, मुख, सन्चार प्रवक्ता तथा राष्ट्रिय राजश्व भित्रीने मुख्य नाका हो । मनको वरीपरी रहने विवेक वुद्दि, विधायक हुन र न्यायालय समेत हो । मुटुले गृह,आपुर्ती तथा आन्तरिक मन्त्रालयको काम समाल्छ । पेट वाणिज्य विभाग हो ।

मेरुदण्ड देशको प्रजा, नियम कानुनको कार्यान्वयन, इमान, संस्कार, संस्कृति, श्रोत साधन हो । नशा, आन्द्रा, स्नायुहरु मुलुकको सवै भुभागमा पुग्ने राष्ट्रिय राजमार्ग, आन्तरिक परिवहन तथा फाइवर अप्टिक्स जस्तै विच्छाइएको सुचनाको जालो सहितको साधन हो । टाउको मेरु पर्वत हो, जँहा देवगणहरु तथा सत्जन विद्यानहरुको वसोवास हुने गर्दछ र यसले राष्ट्रिय सुचना केन्द्रको काम पनि गर्द छ । उपस्थ,  जनसंख्या आयोग हो, जसले जनसंख्याको सन्तुलनको जिम्मा लिन्छ । पायु,  फाेहर वहीर्गमन गर्ने साधन हो  ।

जीव्रो, नाँक, छाला, काँन विषय विशेषज्ञहरु तथा मुलुकको हित अहितको सुचना दिने संयन्त्रहरु  हुन् । रगत जल राशीहो हाड सिला चटटान र पहाड हो । माशु माटो र भुमि हो । रौहरू रूख र वनस्पती वालीनाली हो । शरीरमा सात करोड जीवकोषहरु ह्न्छन भन्छन यी सवै प्रजाहरु वा जनताहरु हुन । यी हरेक कोषहरुको आफनो व्यक्तिगत इतिहास,आयु,स्वभाव हुन्छ ।

एउटा उखान छ नेपालीमा “यथा राजा तथा प्रजा” राजा जस्तो भयो प्रजाको हाल पनि उस्तै हुनेछ । मन शरीरको कार्यकारी प्रमुख, प्रधानमन्त्री  भएकोले मनले जे जस्तो निर्णय गर्दछ यसवाट सात करोड प्रजा प्रभावित हुनेछन् । मनको तहवाट ठीक आदेश वा ठीक कार्यक्रमको निर्धारण हुन सकेन भने हाम्रो शरीरका सात करोड जीवकोषहरु दुखी र अस्वस्थ हुनेछन् ।

मन प्रधानमन्त्री भए जस्तै भित्री तहमा अदृश्य र दखल नगरी वस्ने आत्मा राजा वा राष्ट्रपति हो, जो आलंकारिक मात्र हुन्छन  र मन्त्रिपरिषदको निर्णयलाई प्रमाणीकरण गर्दछन । उक्त निर्णय ठीकवेठीक के छ हस्तछेप गर्दैनन,लाभहानीको जस अपजस पनि  लिदैनन । उनी हेरेर मात्र वस्छन तर राज्यको सवै विषयको साक्षी र द्रष्टा चाँही भैरहन्छन । अदृश्य शक्तिको रुपमा विराजित उक्त राजारुपी आत्माले प्रधानमन्त्री तथा प्रजाहरुको कर्मको परिणामको प्रतिवेदन मृत्यु पछि सम्वन्धित लोकमा चाँही पठाउछन, जसको परिणाम स्वरुप आर्को जन्मको निर्धारण हुनेछ । मनको जिम्मेवारी धेरै छ । यसर्थ  मनलाई स्वस्थ विवेक सम्मत वनाई राख्न सकेमा मात्र शरीरले सुख अमन चैन प्राप्त गर्दछ । राज्य सफल असफल हुनमा  प्रधानमन्त्रीको कार्य योजना, निर्णय, शैली र आचरणमा भर पर्दछ । तेसैले शुभकामना छ सवैका  प्रधानमन्त्रीरुपी मन असल र शान्त होऊन,सफल होउन । धन्यवाद ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …