तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सरस्वती तिमल्सिना खनाल

काठमाडौं । हाम्रो देश नेपालको इतिहास खोज्दै जाने हो भने बिश्वमा देश भनेर चिन्ने र चिनाउने परम्परा भन्दा पहिले नै हाम्रो नेपाल थियो भन्ने कयौं तथ्य पाइन्छ।

नेपाल भन्दा सयौं वर्ष पछि पत्ता लगाइएका कतिपय देश र स्थानहरु अहिले बिश्वका अति विकसित देशहरुको स्थानहरुमा पर्छन्।जुन बेला नेपालमा भाषा, ज्ञान, जडिबुटी आदि इत्यादि समेतको बिकास भैसकेको मानिन्थो ।त्यो अवस्थामा अहिले अति विकसित राष्ट्रमा पर्ने कतिपय स्थानहरुमा मानव बस्ती समेत नभएको तथ्यहरु ईतिहासkaa पाना पल्टाउदा भेटिन्छन्।

त्यति हुदाहुदै पनि हाम्रो नेपालमा बिकास र प्रगति हुन किन, कसरी, कस्ले, के कारणले रोकेको हो ? यो दु:खद विषय होइन र ? नेपालको इतिहास हेर्ने हो भने हाम्रो देश बिश्वको एउटा शक्तिशाली राष्ट्रको रूपमा उभिनु पर्ने हो।

नेपाल पछि पर्नुको सबैभन्दा ठुलो कारण यस्ता छन ।

१)हाम्रा पुर्वजहरुले बिकाश गरेको विभिन्न प्रबिधि, क्षमता, भाषा बिज्ञान लगायतका कुराहरु अन्य देशमा बेचिनु।

२)हाम्रो देशमा रहेका प्राचीन बस्तुहरुको ख्याल नगरी त्यसको दुरुपयोग हुनु वा गुमाउनु।

३)सत्ता र शक्तिमा बस्नको लागि देश र देशका जनताको बिसयमा नसोची  पारिवारिक शक्ति केन्द्र बनाउन मात्रै शासक शक्तिहरुले अपनाएको निति।

४) बौद्धिक, शीप, क्षमतावानलाई निरुत्साहित र दण्डित गर्ने निति।

५)हरेक बेला आन्तरिक कलह, फुट र बैमानी धोखेबाज निति। 

यस्तै परम्परालाई पछ्याउँदै नेपाल कयौं वर्ष सम्म चलिरहयो।त्यो अवस्था सम्म बिश्वका कयौं देशहरू आधुनिक बिकासको दौडमा लागिसकेका थिए तर हाम्रो नेपालमा कलाकौशल र सीपले युक्त ब्यक्तिहरुलाई दण्डित गरिदै थियो । 

बिश्व तीब्र गतिमा अगाडि बढिरहदा नेपालका शासक वर्गहरुले आफ्नो हालिमुहाली जमाउदै नेपाली जनतालाई सूचना, सीप, बिकास र शिक्षामा पछि पार्दै थिए।जबकी बिश्वका कतिपय देशमा बिश्वबिद्धालय स्थापना भैसक्दा हाम्रो देशमा औपचारिक शिक्षा सुरु भैसकेको थिएन।

त्यही परम्परा पछ्याउँदै कहिले राणा शासन, कहिले पन्चायती ब्यबस्था, कहिले गणतन्त्रको नाममा आन्दोलन, कहिले जनयुद्धमा नाममा अशान्ति र अहिले राजनीतिक दलले आफुमात्र सत्तामा पुग्नुपर्छ भन्ने मानसिकताका साथ आआफ्ना समूह, गुट चलाएर सत्ता प्राप्तिको कसरत गरिरहेका छन्।हामी नेपाली जनता केही बुझ्दै नबुझी उनिहरुकै पछि दौडिरहेका छौं।यो नै नेपाल पछि पर्नुको सबैभन्दा ठुलो कारण हो।अब कसैका पछी नदौडिउ हामी आफै नेपाल बिकाश गर्नतिर लागिपरौं। जय देश!जय नेपाल!

✍️लेखक  खनाल नेपाली जनसम्पर्क समिती साइप्रसको महामन्त्री हुनुन्हुन्छ 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …