• बिहिबार, फाल्गुण-२५,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको बताउँदै सूर्य चिह्न चाहिने भए पार्टीले बोलाएको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताउनुभयो । आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको बताउँदै प्रधानमन्त्री ओलीले सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको दाबी गर्नुभयो ।

देशका सम्मानित राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले तथ्यहीन आरोप लगाउने काम भइरहेको बताउनुभयो । आफूले देशलाई बरबाद हुनबाट जोगाएको बताउँदै उहाँले देशको अनुहारमा मुस्काउन ल्याउन संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरिएको बताउनुभयो ।

जनताले ठूलो त्याग गरेर ल्याएको अहिलेको उपलब्धि तलमाथि हुन नदिने बताउँदै उहाँले देशलाई प्रतिगमनतिर नभई अग्रगमनतिर लैजान खोजिएको बताउनुभयो । सरकारले अपेक्षाअनुसार काम गर्न पार्टीभित्रबाटै कपटपूर्ण तमासाले पनि व्यवधान गरेको गुनासो गर्दै उहाँले अब देश विकासको साथ अगाडि बढ्ने बताउनुभयो ।

पुरानै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्नेहरुसँग कुनै तर्क नरहेको बताउँदै आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो । संसद् विघटन गर्ने विषयमा कुनै कीर्ते सनाखत नगरिएको बताउँदै नेपालको संविधानअनुसार संसद् विघटन गरिएको बताउनुभयो । पार्टीले अध्यक्ष र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताउँदै पुनः पार्टीमै फर्किन पनि उहाँले आग्रह गर्नुभयो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …