तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका सहित १० वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको खोटाङ काँग्रेसले जनाएको छ।

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सबै ठाउँमा प्रर्दशन गरिएको हो। प्रर्दशनपछि आयोजित विरोध सभाहरुलाई काँग्रेसका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा आयोजित बिरोध सभामा गाउँपालिका सभापति लक्ष्मी थापाको सभापतित्वमा प्रमुख अतिथि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार  राई, बिशेष अतिथि  सरन कुमार राई, अतिथि बसन्त  राई, ललिता राउत, लक्ष्मी कुमर राई, बिष्णु राज राई, क्षेत्रीय उपसभापति केशब कुमार खत्री, गाउँपालिका उपप्रमुख सपना राय, नेबिसंग बरिष्ठ जिल्ला उपाध्यक्ष नईन्द्र राई, सचिव राजदेश राई, खोटाङ काठमाडौं सम्पर्क समितिका पुर्व सभापति शम्भु कार्की जय नेपाल संक्रितिक संघका जिल्ला अध्यक्ष द्वय निरेश राई, प्रविन राई, कांग्रेस पालिका सचिव रोहित राई, शिशिर तामाङ, उपाध्यक्ष देवी श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।

त्यसै गरी खोटेहाङ गाउँपालिका सभापति प्रेम कुमार थापाको सभापतित्वमा र प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि वीरकाजी राई, विशेष अतिथि जिल्ला कार्य समिति सदस्य निशान राई क्षेत्त्रीय सचिव गणेश थापा, जिवन खत्री, नेविसंघ जिल्ला उपाध्यक्ष किशन भुजेल, जिल्ला कार्य समित सदस्य  यजुनन्द घिमिरे, महेन्द्र राई, कुमार उदास, तारानाथ भट्टराई, क्षेत्रीय आमन्त्रित सदस्य शुवास राई, हिरा विष्ट, नेविसंघ खोटेहाङ गाउँपालिका अध्यक्ष गणेश खड्का, लोकराज भट्टराई, लेनकराज ढकाल समेतको उपस्थिति रहेको थियो ।

हलेसी तुवाचुङ नगरपालिकामा पार्टी सभापति नरेश कुमार श्रेष्ठ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा महासमिति सदस्य दिनेश राई, रावावेशी गाउँपालि पार्टी सचिव इच्छु राना र ऐसेलुखर्क गाउँपालिकामा महासमिति सदस्य  रवि प्रकाश राई समेतले बिरोध सभालाई सम्बोधन गरेका थिए ।

यस्तै केपिलासगढी गाउँपालिकामा महासमिति सदस्य तथा पूर्वमन्त्री सर्वधन राई, साकेला गाउँपालिका महाधिबेशन प्रतिनिधि विमला राई, जन्तेढुंगा गाउँपालिकामा सदस्य सुवास कुमार पोखरेल र बराहपोखरी गाउँपालिकामा उपसभापति धर्मराज पोखरेलले संविधानलाईनै खिल्ली उडाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । सबै पालिकामा बिरोध प्रर्दशन र कोणसभा गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …