तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन्। भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन बनेको हो। सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ अङ्कले पराजित ग¥यो। सो स्पर्धामा भीएस निकेतन क्याम्पियनलाई १९–१२ अङ्कले हराउँदै तेश्रो भयो।

पहिलो हुनेले रु २० हजार, दोश्रोले रु १० हजार र तेश्रोले रु पाँच हजार पुरस्कार प्राप्त ग¥यो। यस्तै गल्र्सतर्फको उपाधि जितेको भीएस निकेतनले सूर्योदय ‘बी’लाई १९–१४ अङ्कले हरायो। साइपाल ‘बी’ तेश्रो बन्यो। साइपाल ‘बी’ले सूर्योदय ‘ए’लाई १४–१० अङ्कले पराजित गरेको थियो। शीर्ष तीन स्थानमा रहनेले क्रमशः रु १५ हजार, रु आठ हजार र रु चार हजार पुरस्कार प्राप्त गरे।

ब्वाइजतर्फ टिम रावतका सम्राट भूमि तथा गल्र्सतर्फ भीएसकी अनिता सुनुवार ‘मोस्ट भयालुएबल प्लेयर’ घोषित भए। ब्वाइजतर्फ भीएसका राजीव आले तथा गल्र्सतर्फ सूर्योदय ‘ए’की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने। उनीहरुले जनही रु दुई हजार पुरस्कार प्राप्त गरे।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उपकप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए)का प्रबन्ध निर्देशक सुशिल थापालगायतले पुरस्कार वितरण गरे।

सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो। अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही रु १० हजारसहित सम्मान गर्नुभएको हो। गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बास्केटबलमा नेपालले पुरुषमा कास्य तथा महिलामा रजत पदक प्राप्त गरेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …