तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको सभापतिमा पुष्पलाल तिमिला सर्वसम्मत चयन भएका छन्। शाखाको आज सम्पन्न ४१औँ जिल्लासभा तथा ११ औँ अधिवेशनले तिमिलाको सभापतित्वमा १० सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिमा निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, राजेश्वरी शिल्पकार, महेन्द्रलाल कायस्थ, सानु त्वायना, रत्नालक्ष्मी भैलः, कृष्णदास श्रेष्ठ, रत्नलाल साँद, सोमबहादुर पन्थ, सुरेश प्रधान र बालकृष्ण श्रेष्ठ रहेका छन्। नवनिर्वाचित सभापति र सदस्यहरुलाई निर्वाचन अधिकृत एवम् केन्द्रीय उपाध्यक्ष वेदप्रसाद कोजुले शपथग्रहण गराउनाका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

संस्थाको विधानअनुसार शाखाको निवर्तमान सभापति कार्यसमिति सदस्यका रुपमा रहनेछन् भने शाखाका बाँकी पदाधिकारीहरुको चयन नवनिर्वाचित सभापतिले गर्नेछन्। यसअघि सम्पन्न साधारणसभाले सचिव र कोषाध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो।

सभामा केन्द्रीय उपाध्यक्ष कोजु, संस्थाका केन्द्रीय पूर्वमहासचिव धनमान श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजार, राष्ट्रिय क्षयरोग निवारण केन्द्रका उपसचिव मुक्तिनाथ खनाललगायतले संस्थाले जिल्लामा क्षयरोग निवारणमा खेलेको भूमिकाको चर्चा गर्दै क्षयरोगीलाई निसङ्कोच नमानी उपचारको दायरामा आउन आग्रह गरे।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …