स्याङ्जा । स्याङ्जामा नेकपा छोडेर कांग्रेस प्रवेश गर्नेको लहर बढेको छ । फेरी पनि सयौं कार्यकर्ताहरु नेकपा छोडेर कांग्रेस प्रवेश गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनको समयमा एक सय भन्दा बढी अन्य पार्टीका नेता कार्यकर्ताहरु आफ्नो पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले जानकारी दिए ।
आगमनखबर संग कुरा गर्दै खनालले भने, ‘ झन्डै एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरि कांग्रेसको सदस्यता लिएका छन् ।’
आज भिरकोट नगरपालिकाले पनि सरकारविरुद्ध प्रदर्शन गरेको थियो । कांग्रेस नेता तोयानाथ अर्यालले भिरकोटको नेतृत्व गरेका थिए ।
यतिबेला देशभरी नै अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने क्रम चलिरहेको छ । स्याङ्जामा यसभन्दा अगाडी पनि धेरैले पार्टी परित्याग गरि नेपालि कांग्रेसमा प्रवेश गरेका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …