तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलकोट । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताए।

अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बौल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए। कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्रयाउन सहयोग गर्ने बताए।

कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ। अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्ेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडाैंका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ।

पुल निर्माणको जिम्मा थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो। सबैको सहयोगले उक्त पुल निर्माण छिटो सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो।

चैत २०७५ देखि शुरु भएको पुल निर्माण आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो। नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको छ। पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो।

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ। बिस २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चार मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ। अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल रहेका छन्। शुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा ठेक्कामार्फत निर्माण भएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …