• मङ्गलबार, फाल्गुण-२५,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नयाँदिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।

नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो ।

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन् ।

मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँदै छन् । यस विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टिप्पणी गर्न चाहेनन् ।

पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो । मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई अझै कुन रुपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय पर्ख र हेरको रणनीतिमा रहेको संकेतको रुपमा समेत विश्लेषण भइरहेको छ ।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए । करिब पैतालीस मिनेट भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धहरुका बारेमा सौहार्द छलफल भएको भारतका लागि नेपाली राजदूत आाचार्यले बताए । ज्ञवाली र सिंहबीच दुई देशबीचका भावनात्मक, सांस्कृतिक, परम्परागत निकटता बारेमा छलफल भएको राजदूत आचार्यले कान्तिपुरलाई बताए । नेपालको आन्तरिक राजनीतिक विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

   

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

चिन्ता, चिन्तन र निवारण

चिन्ता, चिन्तन र निवारण
पत्रपत्रिका

सर्वोच्चले पुर्‍याइदियो नेकपालाई करिब ३ वर्षपछाडिको अवस्थामा

मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …

नेकपामा संकटको अर्को चरण

सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …

महिला अधिकार कार्यान्वयनमा चुनौती

काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र ?

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …