तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा मुलुकमा राजनीतिक संकट ल्याउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने काम भइरहेकाले दुई तिहाइ बहुमत आवश्यक भएको भन्ने उल्लेख गरिएको हो ।

‘सरकार मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षामा दृढ छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यति प्रयास गर्दागर्दै पनि मुलुकमा राजनीतिक संकट ल्याउने अनि संविधान कार्यान्वयनमा अवरोध गर्नेलगायतका काम भइरहेकाले (प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो) ।’

विभिन्न स्वार्थका कारण निरन्तर प्रहार भइरहेकाले सरकारले जनहित र राष्ट्रहितका काममा सम्पूर्ण सामर्थ्य र ध्यान केन्द्रित गर्न नपाएको पनि निर्णयमा उल्लेख छ । स्वतन्त्र न्यायपालिकामाथि निरन्तर प्रहार भएको, न्यायपालिकाको जनविश्वासमा विचलन ल्याई अराजकता सिर्जना गर्न खोजिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकाय रिक्त भएको जस्ता आधार देखाई सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको उल्लेख छ । सरकारले सर्वोच्च अदालतमा पठाएको मन्त्रिपरिषद् बैठकको निर्णयको प्रतिलिपि शुक्रबार सर्वोच्च अदालतबाट सार्वजनिक गरिएको हो ।

अहिलेको संविधानसँग असन्तुष्ट पक्षले संविधान संशोधनको माग गरिरहेको र त्यसका लागि दुई तिहाइ आवश्यक रहेको उल्लेख गर्दै निर्णयमा भनिएको छ, ‘नक्साको विषय कार्यान्वयन गर्नसमेत दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको ।’ सन्धि–सम्झौताको अनुमोदन, शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका लागि दुई तिहाइको सरकार आवश्यक भएको निर्णयमा उल्लेख छ ।

सरकारले अनुमोदनका लागि संसद्समक्ष प्रस्तुत गरेका दस्ताबेज सरकारले अनुरोध गर्दा पनि बैठकमा पेस नभएकाले त्यस्तो अवरोध रोक्न पनि ताजा जनादेश आवश्यक हुने निर्णयमा भनिएको छ । कोभिड नियन्त्रणका लागि प्रभावकारी काम गर्न, नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय साख उँचो बनाउन र शान्ति प्रक्रियालाई सर्वस्वीकार्य रूपमा सफल पार्न दुई तिहाइको सरकार आवश्यक रहेको निर्णयमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …