तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। भारतले कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भारतमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन गरेको आग्रह स्वीकार गर्दै भारतीय पक्षले कोभिड विरुद्धको खोप आउनासाथ नेपालको आवश्यकता अनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

बैठकमा कोभिड महामारीका समयमा पनि दुई देशले घनिष्ट सहकार्य गरेर त्यसबाट आएका चुनौतीको सामना गरेको भन्दै सराहना एअर्काको सराहना गरिएको थियो । नेपाली प्रतिनिधिमण्डलले कोभिड महामारीका समयमा भारत सरकारले आवश्यक औषधि तथा मेडीकल उपकरण सहयोग गरेकामा धन्यवाद प्रकट गरेको थियो । बैठकको औपचारिक खण्डमा द्विपक्षीय हित र सम्बन्धको बहुआयामिक पक्षमा दुई देशले आत्मसमीक्षा गर्यो । नयाँदिल्ली स्थित हैदरावाद हाउसमा भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री डा.सुब्रमन्यम जयशंकरले गर्नुभयो ।

बैठकमा सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यस बैठकले दुई देशबीच कायम सम्बन्धको सबै आयाममा छलफल गर्ने म्याण्डेट रहेको औँल्याउनुभयो । निरन्तरको संवाद र आपसी समझदारीमा नै दुई देशको सम्बन्धको जग रहेको उहाँले प्रष्ट पार्नुभयो । जसमा दुई देशका प्रधानमन्त्रीबीच रही आएको प्रगाढ सम्बन्ध र आपसी संवादले दुई देशको सम्बन्धमा थप उचाई थपेको मन्त्री ज्ञवालीले बैठकमा बताउनुभएको थियो ।

बैठकको सुरुवातमा स्वागत मन्तब्य राख्नुहुँदै भारतीय विदेशमन्त्री एस.जयशंकरले दुई देशको सम्बन्ध थप सुदृढ बनाउन आयोगको बैठकले भूमिका खेल्ने बताउनुभयो । उहाँले अघिल्लो बर्ष नेपालमा भएको बैठकको स्मरण गर्नुहुादै नेपालको आतिथ्यताको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । दुई देशबीचको पुरानो सम्बन्ध सामाजिक सभ्यतासँगै दुई देशको रहनसहन र संस्कृतिसँग जोडिएर रहेको उहाँले बताउनभयो । अनौपचारिक रुपमा बैठक बिहीबार सुरु भएको थियो ।

पञ्चेश्वर परियोजनाको डिपिआरलाई अन्तिम रुप दिन सहमति
शुक्रबारको बैठकपश्चात जारी वक्तव्य अनुसार संयुक्त आयोगको बैठकमा दुबैपक्षले द्विपक्षीय सम्बन्धका समग्र आयाममा दुबै पक्षले आफ्ना आफ्नो समीक्षा प्रस्तुत गर्यो । जसका मुख्य रुपमा भारतमा उत्पादित कोभिड–१९ खोप, सीमा नक्साङकन तथा सीमा व्यवस्थापन, दुई देशीय सम्पर्क सञ्जाल, आर्थिक साझेदरी, व्यापार पारबहन, उर्जा तथा जलस्रोत, संस्कृति र शिक्षाका विविध क्षेत्रमा भएका प्रगति र थाँती रहेका बिषयमाथि गहन छलफल भएको छ ।

बैठकले शान्ति र मैत्री सन्धी १९५० को सम्बन्धमा समीक्षा गरेको छ । साथै प्रवुद्ध व्यक्ति समुहको प्रतिबेदन बुझाउन पहल गर्ने र नयाँ हवाई रुटका बारेमा पनि थप छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । दुई देशका मन्त्रीले सीमापार पूर्वाधार निर्माण तथा सम्पर्क सञ्जाल विस्तार, बलियो बनेको विकास साझेदारी, कार्यान्वयमा रहेको परियोजनाका सम्बनधमा सफलता प्राप्त भएकामा सन्तुष्टी व्यक्त गर्नुभयो । जसमा पहिलो सीमापार नेपालभारत पेट्रोलियम पाइपलाइन, सीमा क्षेत्रमा एकिकृत चेकपोष्ट, रेल्वेलिंक, उर्जा ट्रान्समिसन लाइन, सडकको स्तरोन्नती, पुलनिर्माण लगायत रहेका छन् ।

बैठकले दुईदेशले योजनाबद्ध ढंगका अघि बढाइरहेका द्विपरियोजनालाई गतिदिने बिषयमा सहमति जनाएको छ । जस अन्तर्गत दोधारा चाँदनीमा नयाँ एकिकृत चेकपोष्ट, भन्सारचेकपोष्ट निर्माण, बाँकी सीमापार रेल्वेसेवा, सडक निर्माण, ट्रान्समिसन लाइन लगायत अन्य रहेका छन् ।

बैठकले दुईपक्षीय व्यापार सन्धीका बारेमा पनि समिक्षा गरेको छ । साथै पारबहन र रेल्वे सेवाका बिषयमा पनि थप छलफल गरेर अघि बढ्न सकिने मार्गदर्शन प्रदान गरेको छ । दुबै पक्षले व्यापार सन्धी, पाबहन सन्धीको पुनरावलोकन गर्न सहमति जनाएको छ । त्यस्तै सेल्वे सेवा सम्बन्धि सम्झौतामा संसोधन गरेर दुईपक्षीय सहकार्य बलियो बनाउने बिषयमा पनि बैठकमा सहमति भएको छ । जलसम्पर्क विस्तारका लागि आवश्यक प्रगति भएको भन्दै यस बिषयमा पनि थप छलफल गरेर अघि बढ्न दुई देशका उच्चाधिकारी सहमत भएका छन् ।

बैठकले ४०० केभी बुटवल–गोरखपुर सीमापार ट्रान्समिसन लाइन विस्तारका लागि सहमति व्यक्त गरेको छ । पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको महत्वलाई ध्यानमा राख्दै यसबारेमा सचिवस्तरीय रुपमा दिल्लीमा सकारात्मक बहस भएकोमा सराहना गरिएको थियो । पञ्चेश्वरको डिपीआर निर्माणलाई अन्तिम रुप दिन आयोगको बैठकमा दुबैपक्षले सहमति जनाएको छ । त्यस्तै सीमा क्षेत्रमा बस्ने दुबै देशका जनताले खेप्नु परेको समस्याका बारेमा समेत छलफल गरेको छ । तटबन्ध नहुँदा बाढीको असरले उनीहरु प्रभावित भइरहेकाले त्यसको समाधानका लागि थप पहल गर्ने बिषयमा दुबैपक्ष संवेदनशिल रहेको जनाएको छ ।

सीमा विवादमा थप छलफल गरिने
बैठकमा सीमा विवादका बिषयमा पनि गहन छलफल भएको छ । साथै बैठकले छिट्टै नै सीमाका बिषयमा थप छलफल हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपालले प्राथमिकतामा राखेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमा विवादको बिषयलाई समाधानको बाटोमा लैजानका लागि बैठकले नयाँ मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । भारतीय पक्षले यस बिषयमा सकेसम्म बैठकमा छलफल र बहस नगर्ने संकेत यसअघि नै गरेको थियो । तर नेपालले प्रस्ताव गरेका सूचीमा रहेपछि यस बिषयमा पनि बैठकमा थप छलफल हुने क्रममा रहेको छ ।

बैठकमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल सहितका उच्चाधिकारी सहभागि रहनु भएको थियो ।

दुई मन्त्रीबीच भेटवार्ता
संयुक्त आयोगको बैठक औपचारिक रुपमा सुरुहुनु अघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरबीच छुट्टै द्विपक्षीय भेटवार्ता भयो । भेटमा भारतीय विदेशमन्त्रीले मन्त्री ज्ञवालीलाई न्यानो स्वागत गर्नुभएको थियो । भेटमा आफ्ना देशको वर्तमान स्थितीका बारेमा दुबैले आफ्ना धारणा साट्नुभएको थियो । साथै आगामि दिनमा दुई देशबीच हुनसक्ने सम्भावित सहकार्यका बारेमा पनि छलफल भएको थियो ।

आयोगको बैठकपछि मन्त्री ज्ञवाली विदेशमन्त्री जयशंकरले दिनुभएको दिवाभोजमा सहभागि हुनुभएको थियो । उहाँले दिल्लीमा रहँदा भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । सो भेटवार्तापछि उहाँ माघ तीनगते साँझ नेपाल फर्कनुहुनेछ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …