तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । पछिल्ला केही महिनादेखि जिल्लाभरि दौडधुपमा लागेर  लागेर जनताको घरदैलोमा पुगेर काङ्ग्रेस निर्माणको अभियानलाइ सशक्त पारिरहेका युवा नेता राई पछिल्ला दिनमा प्रदेश सभा क्षेत्र ‘क’ को ऐसेलुखर्क गाउपालिकामा रहि पार्टीका स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणको घर दैलोमा व्यस्त छन।

अहिले  नेपालको राजनीतिक सरगर्मी सर्लक्कै बढेको छ। वहुमत प्राप्त सत्ताधारी दल, विभाजनको संघरामा पुगेको छ। प्रधानमन्त्रीले पार्टीको आन्तरिक झगडाका कारण सनकका भरमा संसद विघटन गरेका छन।

मुलुक एउटा अर्को अनिश्चितकालीन युगमा प्रवेश गर्ने तय भएको स्थिती छ। यस्तोमा जनताको मतलाई कुल्चेर जनघात गर्न उद्दत कम्युनिष्टको पुरानै हर्कत फेरि उदाङ्गो भएको छ। यहि कम्युनिष्टले गरेको लोकतन्त्र र संविधान माथीको ‘कु’ लाई जनताको घरघर सम्म पुर्याउदै पार्टीको संगठन निर्माणमा व्यस्त छन युवा नेता राई। नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत रहेका राई कम्युनिष्टहरुले जनता प्रती गरेका ज्यादती, अन्याय र वेतिथिलाई जनता माझ पुर्याएर कम्युनिष्टको असली स्वरुप देखाउन लागि परेको बताउछन। जनता विच छाएको निराशा र मुर्छित सपनालाई व्युझाउन समेत लागि परेको बताउछन। साथै नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार माघ ३ गते शनिवार गरिने पालिका स्तरिय विरोध कार्यक्रममा ऐशेलुखर्क गाउँपालिकाको नेतृत्व नेता राईले गर्दैछन।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …