तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा र माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने केन्दिय कार्यसमितिको निर्णय अनुसार स्याङ्जा कांग्रेसले आन्दोलनको नेतृत्व तालिका सार्बजनिक गरेको छ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको थियो । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको कांग्रेसले ठहर गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएको कांग्रेसको आरोप छ ।

स्याङ्जामा एघारै ओटा स्थानीय तहमा आन्दोलनको कार्यक्रमहरु तयारि भईसकेको नेपालि कांग्रेस स्याङ्जाका सभापति कुमार रानाले जानकारी दिएका छन् ।

कुन पालिकामा कसले गर्दैछ नेतृत्व ?

सभापति रानाका अनुसार एघार ओटा स्थानीय तहहरुमा ११ जनाले नै नेतृत्व गर्नेछन ।

नेपालि कांग्रेस स्याङ्जाले हिजो माघ १ गते नै बैठक गरेर कहाँ कसरि कार्यक्रम गर्ने भन्ने विषयमा हिजो नै सम्पूर्ण तयारि गरेको जनाएको छ ।

बिरुवामा गाउँपालिकामा आन्दोलनको नेतृत्व युवराज केसीले गर्नेछन, अर्जुनचौपारी गाउँपालिकामा बोधनारायण रेग्मी, आधिखोला गाउँपालिकामा नारायन शास्त्री, फेदिखोलामा महेन्द्र थापाले नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै वालिङ्ग नगरपालिकामा हिमलाल सुबेदी, भिरकोट नगरपालिकामा तोयानाथ अर्याल,  चापाकोट नगरपालिकामा रामचन्द्र पंगेनी, गल्यांग नगरपालिकामा श्याम बश्याल र कालिगण्डकीमा धनबहादुर रानाले नेतृत्व गर्ने भएका छन् ।

स्याङ्जा कांग्रेसले यसभन्दा अगाडी पनि सबै स्थानीय तहहरुमा यसरि नै नेतृत्व छुट्याएर विरोध कार्यक्रम सफल पारेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …