तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ ।स्कुल अफ डेमोक्रेसी नेपाल जिल्ला कार्य समिति खोटाङको पुर्ण समिति बिस्तार भएको छ।

सरकार, राजनीतिक र संघसंस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन सहयोग गर्ने साथै लोकतन्त्रको मूल्य मान्यता रक्षार्थको लागि कृयासिल सस्था स्कुल अफ डेमोक्रेसी हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईको अध्यक्षतामा खोटाङ जिल्लाको १० वटै स्थानीयतह बाट २० सदस्य जिल्ला कार्य समिति खोटाङले पूर्णता पाएको हो । 

सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व विकास, सामाजिक सशक्तिकरण लगायतका क्षेत्रमा स्कुल अफ डेमोक्रेसीको प्रभाव पार्न डेमोक्रेसीले विभिन्न जिल्लामा शाखा विस्तार गर्ने योजना अनुसार खोटाङमा शाखा विस्तार गरेको हो ।

स्कुल अफ डेमोक्रेसी केन्द्रिय कार्यालय काठमाडौले विभिन्न जिल्लामा शाखा विस्तार गर्नेक्रममा गत असार ३ गते जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर समेत  रहेकी बिमला राईलाई मनोनित गरेको थियो । राई एक प्रभावकारी कांग्रेस नेतृ समेत हुन् लामो समयदेखि गैरसरकारी सस्थामा संलग्न राई कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला संघ खोटाङकी सचिवसमेत हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर समेत रहेकी बिमला राईको अध्यक्षतामा गठित जिल्ला कार्य समितिको  उपाध्यक्षमा अमित राई , सचिबमा दिपेन्द्र राई, सह-सचिबमा सगुन बस्नेत, कोषध्याक्षमा सिर्जना राई र सदस्यहरुमा क्रमश निक्सन राई, भक्त बहादुर राई, रोशन खत्री ,सन्तोष राई,दिनेश राई, सुनिता राई,सृजना राई,सम्झना राई,पुष्प रोईला,निसा राई, कबिता वन, केजिना श्रेष्ठ ,कृष्णकला राई, सङ्गिता पौडेल , मेनुजा बि.क, र महेन्द्र बिष्ट रहेका छन ।

जहाँ सिक्न र सिकाउँन पाइन्छ भन्ने मुलमन्त्र रहेको स्कुल अफ डेमोक्रेसीले लोकतान्त्रिक धार र आचरणलाई केन्द्रमा राखेर कार्यक्रम संचालन गर्ने जनाईएको छ । नीति निर्माणमा युवाको क्षमता अभिबृद्धिका लागि यसअघि समाज, युवा र राजनीति विषयक चरणबद्ध बहसको थालनी गरेको स्कुल अफ डेमोक्रेसीले नीतिगत साक्षरताका अन्य कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …