तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको करीब ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेका छन् ।

गएको पुस २७ गते करीब ९:३० को समयमा चेकजाँचका क्रममा ३६ लाख ९० हजार स्रोत नखुलेको रकमसहित चितवनको माडी नगरपालिका वडा नं. ६ का २६ वर्षीय रामकुमार गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९१३९ नं. को हायस गाडीलाई रोकी प्रहरीले चेक जाँच गर्ने क्रममा गुरुङले बोकी आएको कालो रंगको झोलामा नेपाली मुद्रा रु १,०००।– (एक हजार) दरको ३६०० (तीन हजार छ सय) थान र नेपाली रकम रू ५००।– दरको १८० (एक सय असी) थान गरी जम्मा रकम रु ३६ लाख ९० हजार फेला परेको थियो ।

उनीमाथि थप अनुसन्धान र कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …