तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ।भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।

निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधवारदेखि १ हप्ताका लागि विद्यालय बन्द गरिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए ।

गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनिक कार्यसञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा समितिको मंगलवार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै १ हप्ताका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

यसैबीच साकेला गाउँपालिकाले शिक्षा ऐन २०७७ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले मंगलवार आयोजना गरिएको दशौं गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश गरिएको सो ऐन ल्याएको हो । 

सो ऐन पारित भएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अंग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनीयर, इलेक्ट्रिकल इन्जिनीयर, पशुपालन वा बाली विज्ञानलगायत प्राविधिक विषयको जनशक्ति परिपूर्ति गर्नका लागि स्थानीय अस्थायी अध्यापन अनुमतिपत्र जारी गर्न सक्ने बाटो खुलेको छ । यसरी दिइएको अध्यापन अनुमतिपत्र ५ वर्षका लागि मान्य हुने बताइएको छ । 

‘साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरण सहितको दीगो विकास’ भन्ने नाराका साथ सञ्चालित गाउँसभाले बहुमतका आधारमा सो ऐन पारित गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …