तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आरोप प्रत्यारोप तथा अविश्वास छताछुल्ल भएपछि करिव ३० महिना पुरानो एकताले पूर्ण स्वरुप नपाउँदै सत्ताधारी नेकपा विभाजनको संघारमा उभिन पुग्यो ।

पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि विभाजनको मुखमा पुगेर  छुट्टिएका प्रचण्ड-माधव पक्ष र ओली पक्षबीच राजनीतिक आरोप-प्रत्यारोप दिनादिनुन बढ्दै गएको छ ।

केहि दिनअगाडी सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनले नेकपा विवादको खाडल झनै गहिरो बनाउदै गएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरे भन्ने विषयलाई लिएर नेकपाको प्रचण्ड-माधब पक्ष झनझन रुष्ट हुदै गएको छ ।

विभाजित दुई समुहको देशव्यापी भेला द्रुतगतिमा अगाडी बढ्दै गईरहेको छ । आजकल दिनदिनै कुनै न कुनै समुहको भेला भएकै हुन्छ । कहिले पार्टी प्यालेस, कहिले प्रज्ञा प्रतिष्ठान त कहिले नेताहरुको आफ्नै गृहजिल्लाहरुमा भेला हुने क्रम जारि रहेको छ ।

ओली पक्षको भेला हुदा प्रचण्ड- माधव पक्षलाई आरोप लगाउने काम हुन्छ भने प्रचण्ड- माधव पक्षको भेला हुदा ओलीलाई आरोप लगाउने काम हुन्छ । पार्टी एकता हुने बेलामा नङ्ग र मासुजसरि मिलेका यी नेकपाका नेताहरु अहिले विभाजन हुन थालेपछि सोच्ने नसकिने खालका आरोप प्रत्यारोप एक अर्कालाई लगाउदै हिड्न थालेका छन् ।

कहिले ओलीले प्रचन्डलाई पार्टीबाट हटाएको बताउछन लगाउछन त कहिले प्रचण्डले ओलीलाई पार्टीबाट हटाएको बताउछन । यसरि  एक समुहले अर्को समुहलाई लगाएको यस्तो आरोप प्रत्यारोपले यिनीहरुको नाजायज हर्कतको भण्डाफोर त हुन्छ नै यसले जनतासामु यिनीहरुको हैसियत पनि घामझैँ छर्लंग बनाईदिन्छ ।

दलका नेताहरुले भेला भनेर निम्त्याएको कार्यक्रममा ९० प्रतिशत भन्दा बढी भाषण अर्को समुहको नेतालाई गालि गर्दै बित्छ, चाहे त्यो भेला ओली पक्षको होस् या प्रचण्ड- माधव पक्षको होस्, उनीहरु एकले अर्कालाई जनताका सामु आरोप लगाउनु भनेको आफ्नो समुहको पब्लिसिटी गर्नु हो । उनीहरुको एउटा मात्र चाहना हुन्छ कि धेरै भन्दा धेरै मानिसहरु आफ्नो समुहमा आउन र आगामी चुनाबमा आफ्नो पार्टी एक नम्बरमा आओस ।

निर्वाचन आयोगको निर्णय आउनुभन्दा अगाडी नै दुवै पक्षले नेकपाको वैधानिकता आफ्नो पक्षमा दावी गरिसकेका हुन्छन । पार्टीको वैधानिकतालाई लिएर एकले अर्कालाई आरोप लगाएको पनि धेरै मात्रामा पाउन सकिन्छ ।

एक पक्षले अर्को पक्षलाई लगाउने यस्ता आरोप तथा आन्दोलनका कार्यक्रमले नेकपामा खतराको घन्टी त नराम्रोसंग बज्छ नै यसले अन्य क्षेत्रहरुमा पनि गहिरो असर पार्दछ । शिर्ष दलका नेताहरुले देशको राजनीतिक अवस्था विचलित हुदै गएपछि अन्य क्षेत्रहरु पनि त्यसबाट प्रभावित हुन्छन भन्ने कुरालाई आफ्नो दिमागमा राखेर सोहीअनुसार आफ्ना विवादित मुद्धाहरुलाई छिटो भन्दा छिटो सुल्झाउन आवश्यक छ ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …