तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। माघ महिनाको सुरु दिन बिहीबार घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ ।

बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उहाँले भन्नुभयो, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाउँछ ।

कन्दमूलले पाचन शक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता छ ।

भक्तपुरको तौमढीमा रहेको तिल माधवनारायणमा यो दिन मेला लाग्छ । रुरु क्षेत्र, काठमाडौँको गौरीघाट, देवघाटलगायतका त्रिवेणीमा स्नान गरेर पवित्र हुने र यी परिकार भोजन गरिन्छ ।

उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले यो दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर यी परिकार भोजन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

संस्कृतिविद् चुन्दा वज्राचार्यले काठमाडौंँ उपत्यकालगायत नेवार समुदायमा घिउ, चाकु खाने सङ्क्रान्ति भएर घिउ, चाकु सलहुँ भनिएको बताउनुभयो । उहाँले यस दिनबाट सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति भनिने बताउनुभयो । पोषणविद् डा. अरुणा उपे्रतीले घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …