तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री युवा नेता गगनकुमार थापालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको भावना अनुसार चल्न सुझाव दिएका छन् ।

सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असम्वैधानिक कदम ठिक छ भनिरहदा प्रदेश र पालिका भंग गर्न सक्ने भएकाले सजक हुनुपर्ने बताए । ओली नेतृत्वको सरकारले १० वर्ष लगाएर बनाएको संविधानलाई अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले चालेको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र जनताबाट स्थापित प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा अदालतले निर्णय गर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र न्यायाधीशहरुलाई धम्काएर प्रभावमा पार्ने काम मात्र गरेका छैनन्, अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि धम्कयाउने काम गरेका छन्’ प्रधानमन्त्रीसंग उनको पार्टीका जोकर कार्यकर्ता र विवेक नभएको व्यक्ति मात्र डराउने भन्दै थापाले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …