तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

शुसिल सुबेदी

सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाको प्रहरी चौकीको नयाँ कार्यालय भवन उद्घाटन भएको छ ।

बाग्मति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड २४ लाख ३६ हजारमा निमार्ण भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मानेखर्क प्रहरी चौकि र इलाका प्रहरी कार्यालय हेलम्बुको ३ करोड १७ लाख ६९ हजार सहयोगमा निमार्ण भएको २ चौकिको साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा बाग्मति प्रदेशका प्रहरी प्रमुख बशन्त कुमार लामाले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै प्रमुख लामाले “जसरी भवन बनाउन एक भएर सफल हुनु भएको छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीको उत्तिकै दायित्व हुने बताउनुभयो । उहाँले प्रहरी र यहाँका स्थानीय मिलेर अपराध घटाउन नसके यति राम्रो भवनको औचित्य नै नरहने भन्दै सानो या ठूलो जुनसुकै घटनाको पनि प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन आग्रह गर्नुभयो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्नको निम्ति गाउँ टोल वस्तिहरुमा विभिन्न जनचेतना कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख लामाले प्रष्ट पार्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले स्वागत तथा धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले युगौ देखिको स्थानीयवासीको चाहना र ईच्छा पुरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षामा पालिकाले गर्नु पर्ने सहयोगहरु गर्न तयार रहेको बताउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्ना समस्याहरु प्रहरीलाई साथि नै सम्झेर निर्धक्क भएर राख्न समुदायलार्य आग्रह गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …