तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि कृषि तथा पुशपन्छी विकास मन्त्रालय अन्तर्गत पशुुसेवा विभागका प्रयोगशाला प्रयोगमा ल्याएका कारण विभागलाई सेवाग्राहीको कार्यसम्पादनमा समस्या भइरहेको छ ।

विदेशबाट आयात हुने तथा नेपालमै विभिन्न प्रयोजनका लागि पशुुपन्छीजन्य वस्तुको परीक्षण गरिने पाँचवटै पशुु प्रयोगशाला कोरोना महामारी नियन्त्रणका लागि प्रयोग भइरहेका छन् । यसरी लामो समयदेखि प्रयोगमा ल्याइँदा आफूूहरूलाई काम गर्न समस्या भइरहेको पशु सेवा विभागले जनाएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार विभागको प्रयोगशाला कोरोना महामारी नियन्त्रणका लागि प्रयोग भइरहेका कारण त्यसयता कार्यसम्पादनमा समस्या भएको बताउनुुभयो । आफ्नो प्रयोगशाला विभागकै कामका लागि फिर्ता गर्नेबारे स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको उहाँले बताउनुुभयो । भारतमा बर्डफ्लुु देखिँदा नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ तर तत्कालै केही भइहाल्यो भने परीक्षण गर्ने साधन नरहेका कारण विभाग चिन्तामा रहेको विभागका उपनिर्देशक डा. दमयन्ती श्रेष्ठले बताउनुुभयो ।

उहाँले भन्नुुभयो, भारतमा बर्डफ्लुु देखिएपछि कृषि मन्त्रालयले उच्च सतर्कता अपनाउन भनेको छ तर तत्कालै केही जाँच गर्नुपरे ल्याब छैन । अर्कातिर हाल पनि सेवाग्राही जाँचका लागि आइरहेका हुन्छन् । त्यसलाई पनि सेवा दिन पाइरहेको छैन ।

कोरोना महामारीका कारण सुरु भएको बन्दाबन्दीमा पशुपन्छीजन्य वस्तुको आयात–निर्यात तथा अन्य गतिविधि त्यति नहुँदा त्यति आवश्यकता महसुस भएको थिएन । अहिले बन्दाबन्दी नहुँदा गतिविधि बढेका कारण त्यसको आवश्यकता महसुस भइरहेको उहाँले बताउनुुभयो । प्रयोगशालाहरू फिर्ताका लागि कृषि मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको विभागले जनाएको छ ।

जाजरकोटबाट जाँच्न काठमाडौँमा
स्वास्थ्य मन्त्रालयले विराटनगर, सुर्खेत, जनकपुर, धनगढी र चितवनका ल्याब प्रयोग गरिरहेको विभागले जनाएको छ । केही दिन पहिले जाजरकोटमा दुुई सय कुखुराको मरेका थिए । के कारणले मृत्यु भएको हो भनी परीक्षणका लागि नमुना काठमाडौँ ल्याउनुपरेको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुुभयो । जाजरकोटमा कुुखुराको मृत्युु हुँदा त्यहाँका प्राविधिक तत्कालै फिल्डमा गएर त्यसको अवलोकन गरे तर सुर्खेतमा परीक्षण गर्न नपाउँदा त्यसको नमुना काठमाडौँ ल्याउनुपरेको उहाँले बताउनुुभयो ।

सुर्खेतको ल्याब कोरोना परीक्षणका लागि प्रयोग भइरहेका कारण त्यहाँ कुुखुराको जाँच गर्न नसकेको उहाँले बताउनुुभयो । जाजरकोटमा मरेका कुखुराको प्रारम्भिक जाँच गर्दा रानीखेत रोग देखिएको छ । तर त्यसको सूक्ष्म अध्ययनका लागि काठमाडौँको प्रयोगशालामा मात्र हुने उहाँले बताउनुुभयो । सुुर्खेतको प्रयोगशालामा रहेका प्राविधिकले प्रारम्भिक परीक्षण गर्दा रानीखेत रोगबाट मेरेको देखिएको तर वास्तविक रोग के हो त्यो प्रयोगशाला जाँचबाट मात्र पुष्टि हुने उहाँले बताउनुु भयो ।

भारतको केरला, राजस्थान, मध्य प्रदेश, हरियाणा तथा हिमाञ्चल प्रदेशमा जङ्गली तथा घरपालुवा पन्छीमा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा रोग देखापरेको सन्दर्भमा नेपालमा सो रोग भित्रन नदिन भारतबाट हुने पन्छी तथा पन्छीजन्य पदार्थको आयातलाई नियन्त्रण गर्न तथा थप सतर्कता अपनाउन सबै पशु क्वारेन्टाइन कार्यालयहरू तथा सीमामा रहेका पशु क्वारेन्टाइन चेकपोस्टहरूलाई पशुुसेवा विभागले जानकारी गराइसकेको छ ।

कृषि मन्त्रालयले समेत हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जारोग निदान तथा नियन्त्रण सम्बन्धमा पूर्वतयारी समेतका कार्य गर्न विभागलाई निर्देशन दिएको छ । यसका साथै रोगको सघन निगरानीका लागि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई समेत अनुरोध गरिएको छ ।

नेपालमा हाल यो रोग देखिएको छैन तर कहीँकतै पन्छीहरूको अस्वाभाविक मृत्यु भएको देखिएमा तत्काल नजिकको पशुसेवा प्रवाह गर्ने निकायमा जानकारी गराई रोगको निगरानी गर्ने कार्यमा सहयोग गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरी पत्र पठाएको छ ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …