काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिंदा अनलाइन आवेदन गर्ने क्रममा हुने झन्झट हट्ने भएको छ । यातायात कार्यालयहरुले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाउन लागेकाले लाइसेन्स लिन समस्या नहुने भएको हो ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सातवटै प्रदेशमा लागू हुनेगरी सवारी अनुमतिपत्र अनलाइन फाराममा रहेको कोटा प्रणाली हटाउने छौं, सम्भवतः यसै साताबाट यसबाट अनुमतिपत्रको लागि आवेदन दिन चाहने सबै सेवाग्राही लाभान्वित हुने छन् ।” तर, विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा भने कोटा तोकेरमात्र सेवाप्रवाह गर्ने विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र दिने कार्यालयहरूको कार्यक्षमताको आधारमा विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षा गर्ने गरी आन्तरिक तयारी गरेको विभागको भनाइ छ ।
वेबसाइटको स्तरोन्नतिसिँगै लोड सन्तुलनका लागि विभागले काम सुरु गरिसकेकोले गर्दा आगामी दिनमा धेरै प्रयोगकर्ताहरूले एकैपटक सेवा लिन सक्ने गरी विभागले सर्भरको क्षमता वृद्धि गरिरहेको हो
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …