तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारको तुलनामा कत्तिक मंसिरमा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन अनुसार मंसिरसम्म ५४ प्रतिशत उद्योग सञ्चालनमा आएका छन् ।

प्रतिवेदन अनुसार अझै सम्म पनि ९.१ प्रतिशत उद्योग भने सञ्चालनमा आउन सकेका छैनन् । गत असारमा जम्मा ४ प्रतिशत उद्योग व्यवसाय पुर्ण रुपमा सञ्चालनमा आएका थिए । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन मंसिरसम्म ५०.५१ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बंंैकले गत कात्तिक १३ गतेदेखी मंसिर २४ गतेसम्म गरेको अध्ययन अनुसार सबै प्रकारका उद्योग व्यवसायको सञ्चालन अवस्थामा सुधार देखाईएको छ ।

यस्तै यसै अवधिमा रोजगारीको अवस्थामा समेत सुधारआई ७७ प्रतिशत बाट ८७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

तर मझौला उद्योगमा भने रोजगारीको दर घटेको प्रतिवेदनमा उल्लेख छ । ६ सय ४ जना व्यवसायीमा गरेको सर्वेक्षण अनुसार सबै व्यवसायीले सहुलियत ऋण प्राप्त गरेको नेपाल राष्ट्र बैंकले दाबी समेत गरेको छ ।

यस अवधीमा उद्योग व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपी कोभिड पुर्वका अवस्थामा भने कुनैपनि उद्योग सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …