• आईतबार, माघ-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 322
    Shares
छापाबाट

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

– बजार माग घटेर कारोबारमा ह्रास
– सञ्चालन खर्च धान्न कठिनाइ

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१.०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

सो सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन कारोबार स्थिति मंसिरसम्मको सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

१० पृष्ठ लामो प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग र व्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग र व्यवसाय सञ्चालन हुन भने नसकेको देखाएको छ ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको सर्वेक्षणले थोक तथा खुद्रा व्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थियो भने खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशत सहभागिता रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिले पनि १६.७९ प्रतिशत घरेलु उद्योग सञ्चालन भएका छैनन् भने १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका १२.२४ प्रतिशत उद्योग पनि सञ्चालनमा छैनन् । ५० करोड रुपैयाँमाथि पुँजी भएका कम्पनीहरू ८.३३ प्रतिशत सञ्चालनमा छैनन् ।

अहिले रोजगारी दर बढेको छ । उद्योग व्यवसायको आकारअनुसार कोभिड महामारीअगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन तथा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन तथा कारोबार बढेको पाइएको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग व्यवसायको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताइएको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बजेट पारित नगरी स्थानीय तहमा काम, कर्मचारीले तलब पाएनन्

काठमाडौँ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि …

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ …

प्रधानमन्त्रीको नियुक्ती संविधानको धारा ७६ (१) कि २ बाट ?

काठमाडौँ  । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुुभएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ …