तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। न्यूयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालयमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, कोषाध्यक्ष चोन्जोम लामा र युनाइटेड कीरात राई संघ अमेरिका-न्युयोर्कका अध्यक्ष केशब राम राईलाइ फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनको कार्यालयमा स्वागत गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) द्वारा सन २०२१ / वि.स. २०७७/०७८ सालको क्यालेण्डर प्रकाशन गरेकोमा फाउण्डेशनका अध्यक्ष घिमिरेले बधाई दिदै अमेरिकावासी सबै नेपाली एक भएर नेपालीहरुको हक, हित र अधिकारका लागी लड्न आबस्यक रहेको बताए। गिरिजा वावुकै मुल मन्त्र: सहमति, सहकार्य र एकतालेनै अमेरिका, नेपाल र अन्य देशमा बस्ने हामी सबैको भविष्य झन अझै राम्रो हुनेछ, वॅंहाले भन्नु भयो। अमेरिकाको सवालमा फाउण्डेशनले फिप्ना लगायत विभिन्न संघ-संस्थाहरु सॅंग सहकार्य गर्न सधै तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै फिप्नाका अध्यक्ष लोक चेम्जोङले फाउण्डेशनले गरेको स्वागतमा हर्षीत हुदै फाउण्डेशन आफ्नै कार्यालय सुरु गरेकोमा बधाई दिनु भयो र क्यालेण्डरमा मुख्य गरेर नेपाली राष्ट्रीय चाडपर्वहरू, नेपाली आदिवासी जनजातिहरूको पहिचान साथै फिप्नाको नियमित वार्षिक गतिविधिहरू समेटिएर प्रकाशन गरीएको अध्यक्ष लोक चेम्जोङले प्रष्टाउनु भयो। हामीले सम्पूर्ण नेपाली अमेरीकन समुदायमा हाम्रो क्यालेण्डर वितरण गर्ने उदेश्य राखेकाछौ, वॅंहाले भन्नु भयो।

कार्यक्रमको भेटवार्तामा अमेरिका वासी नेपालीहरुको समस्याको समाधानका बारेमा र सामाजिक विषयमा छलफल भएको थियो। स्मरण रहोस फाउण्डेशनले अमेरिकी सरकार(फेडेरल, स्टेट, सिटि र लोकल)का निर्वाचित अधिकारीहरू सॅंग सहकार्य गर्दै आएको जनाएको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालयमा फिप्नाका अध्यक्ष लगायत अन्य कार्यकारी बोर्ड सदस्यहरु लाई स्वागत गर्न पाएकोमा फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामाले र्प्रशन्नता व्यक्त गर्दै आभार प्रकट गरेका छन् ।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, एन आर एन आइ सि सि पुर्व सदस्य आड निमा ग्याल्जे शेर्पा, ने.का. युवा नेता ज्ञानल थापा लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …