तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर रु चार अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण रु ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।

कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए ।

यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …