तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । नेपाल लाईफ इन्स्योरेन्स उपशाखा दिक्तेलले साकेला गाउँपालिका ३ का कुल बहादुर खत्रीको श्रीमतीलाई वैदेशिक म्यादी विमा अन्तरगत १३,००००० लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका खत्रीको २०७६ साल चैत २६ गते मोटरसाइकल दुर्घटनामा परी मलेसियामा मृत्यु भएको थियो।

खत्रीको मृत्युको खवर पाए पछि मृतकको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले 

 साकेला गाउँपालिका स्थित खिदिमाको शिदेश्वरि माबिमा एककार्यक्रम गरी मलेसियामा भएको मोटरसाइकल दुर्घटना दाबी चेक हस्तान्तरण गरेको हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा दिक्तेलका प्रमुख मिलन राईको सभापतित्वाम र प्रमुख साकेला गाउँपालीकाका अध्यक्ष झनकार खड्काको प्रमुख अतिथि रहेको कार्यक्रममा शिदेश्वरि माबिका प्र. अ. युवराज कट्वालको विशेष अथिति  रहेको कार्यक्रममा विभिन्न पार्टीका जन प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

उक्त आयोजित कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालय दिक्तेलका प्रमुख मिलन राईले मृतक खत्रीको श्रीमती सीता खत्रीलाई चेक हस्तान्तरण गरेका छन ।

मृतक खत्रीले नेपाल लाईफ इन्स्योरेन्सबाट वैदेशिक रोजगारीको म्यादी जीवन विमा अन्तरगत दस लाखको म्यादी जीवन बिमा गराए  बापत दस लाख, अतिरिक्त भएको नोक्सानी स्वरूप दुई लाख र किरीया खर्च एक लाख गरि जम्मा १३,००००० तेह्र लाख रुपैयाँ भएकोमा मृतकको श्रीमतीको नाममा १६,२५९  र छोरीको नाममा जीवन ज्योति बिमाको ५०,१३२ र छोराको नाममा जीवन ज्योति विमा५०,३८४ कटाएर बाकी रकम ११,८३,२२५ बराबरको चेक खत्रीको श्रीमती सीता खत्रीलाई नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड उपशाखा दिक्तेलका प्रमुख मिलन राईले हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण गर्दै प्रमुख मिलन राईले नेपालको सबैभन्दा ठुलो चुक्ता पुजि भएको जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैको लागि जीवन बिमा अनिबार्य छ किनकी जीवन अमुल्य छ भन्ने मुल नाराका साथ प्रत्येक ब्यक्तिको जीवन बिमा आवाश्यक भएको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …