बाजुरा । बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाजुराको मार्तडीबाट तिपाडा जाँदै गरेको अनटेस्ट ट्रयाक्टर चौराटी खेत नजीक दुर्घटना हुँदा ट्रयाक्टर धनी ६० वर्षीय धननाथ योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगून्नाले बताए ।
जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ४ छापुका योगीको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको र ट्रयाक्टर चालक भने फरार रहेको उनले बताए ।
गएराती १० बजे सामान लिन तिपाडातिर खालि सिलिन्डर ग्यास लैजाँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक ठगून्नाले बताए । उनका अनुसार ट्रयाक्टर रोडबाट १०० मिटर तल खसेको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …