तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आइओएफटिसीले हरेक दुई बर्षमा आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय आइओएफटिसी पुम्से च्याम्पियनशिपमा गोर्खाज ताईक्वान्डोे अष्ट्रेलियाका ७ जना खेलाडीले मेडल प्राप्त गरेका छन् । विगतका बर्षहरुमा भौतिक उपस्थितीमै आयोजना गरिने उक्त प्रतियोगिता यस बर्ष अनलाइनबाटै आयोजना गरिएको थियो । कोभिड १९ संक्रमनको महामारीले बिश्वलाई त्रास बनाइरहेको अवस्थामा आयोजित यस त्याम्पियनसिपले खेलाडीहरुको मनोवल बढाउदै हौसला प्रदान गरेको आयोजकले बताए ।

अमेरिकामा मुख्य कार्यालय रहेको आइओएफटिसीले आयोजना गरेको सो प्रतियोगितामा बिश्वभरीबाट सहभागिता हुने गरेको छ भने बिश्व ताईक्वान्डो प्रशिक्षकहरुबाट मान्यता प्राप्त समेत रहेको छ । उक्त प्रतियोगितामा गोेर्खाज ताईक्वान्डो अष्ट्रेलियाबाट ९ जनाले सहभागिता जनाएका थिए भने ७ जनाले मेडल प्राप्त गरेका छन । जसमध्ये प्रसुन विभा श्रेष्ठ, प्राची मिश्र, अनुभा अधिकारी र लव रुवालीले कास्य पदक पाएका छन् ।

त्यसैगरी कृषाना गिरी, सिमोन ढुँगाना र शिविका श्रेष्ठले ब्रोन्ज मेडल पाएका छन् । स्थानिय नेपाली समुदाय र अन्तर्राष्ट्रिय स्तरमा गरीएका यस्ता राम्रा कार्यहरु संधै प्रशंसनिय र प्रेरणादायीहुने अष्ट्रेलिया नेपाली समुदायका अगुवा कृष्ण गिरी, अबिभावक अनिल अधिकारी लगायतले बताएका छन ।

सिडनीको नेपाली समुदायमा ताईक्वान्डो प्रशिक्षण
नेपली समुदायलाई लक्षित गरीदै बिगत ३ बर्ष देखि पश्चिम सिडनीको ग्रानभिलमा गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलियाले ताईक्वान्डो प्रशिक्षण गराउदै आएको छ । मुख्यतय साररिक तन्दुरुस्त, अनुसाशति र आत्मा रक्षाका लागि खेलिने यस खेलमा ग्रानभिल वरपर बसोबास गर्ने नेपाली मुलका बालबालिकाहरुको उल्लेखनिय सहभागिता रहने गरेको छ । आधुनिक एबम प्रविधि मैत्रिपूर्ण तरिकाले प्रशिक्षण दिईने गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलिया ग्रुपमा २० बर्ष लामो अनुभब बटुलेका प्रशिक्षकहरुले प्रशिक्षण दिने गरेका छन ।

सन २०१८ मा गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलिया स्थापना गरी प्रशिक्षण सुरु गरेका मुख्य प्रशिक्षक जीवन जोशी, आफूले जानेको सिप र खेल अष्ट्रेलिया जस्तो देशमा आएर यहाँका बालबालिका तथा बिद्यार्थीहरुलाई सिकाउन पाउद आनन्द र गर्बको महसुस गर्दछन । ट्रेनिङ लिनेक्रममा वाईट बेल्ट अर्थात शुरुवातको बेल्टबाट करिब ३ बर्ष अघि प्रशिक्षण सुरु गरेका खेलाडीहरुले आज ब्लु बेल्ट अर्थात छौटौ तह सम्म पुग्न सफल भएका छन भने यो निरन्तर अघिबढिरहेको छ । इन्टरनेशनल मास्टर इन्सट्रक्टरको उपाधि समेत पाएका जोशीले सन् २०१८ मा कोरियाको इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका थिए । उनका सहयोगि अर्थात अर्का प्रशिक्षक रेशम पुन मगर पनि लामो समय बिरेन्द्र शैनिक महाबिद्यालय भक्तपूरमा प्रशिक्षक रहेको अनुभबि प्रशिक्षक हुन । मगरले पनि कोरियाको इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका छन ।

आफ्ना बालबलिकालाई खेलकुद जगतमा सक्रिय गराउनु पर्छ भन्ने बढ्दो चाहनाले गर्दा हाल ग्रानभिल स्काउटहलमा बिहिबार दिउँसो दुई सिफट (४ः३० बजे र ५ः३० बजे) र शनिबार बिहान दुई सिफट (९ः३० बजे र १०ः३० बजे) गरी जम्मा ४ सिफटमा ताईक्वान्डोे प्रशिक्षण दिने गरेको मुख्य प्रशिक्षक जोशीले बताए । नेपाली समुदायका अबिभावकहरुले धेरै ठाँउबाट प्रशिक्षणका लागि अनुरोध गरीरहनु भएको र गएको बर्ष बाट वुडक्राप्टमा समेत प्रशिक्षण सुरु गरेको जोशिले बताए । प्राविधिक, समय र प्रशिक्षणहलको व्यस्थापन गर्दै आगामीदिनमा अन्य ठाँउमा पनि बिस्तार गर्दै लैजाने सोच भएको उनले बताए ।

कोभिड १९ को संक्रमनकालिन अवस्था र गाईडलाईनलाई मध्यनजर गर्दै खेलहरु निरन्तर गराईदै आएको छ । हाल सबै ठाँउ गरी ८० जानाले तालिम लिईरहेका छन । गएको बर्ष अर्थात १९ डिसेम्बार २०२०मा पछिल्लो ग्रेडिङ गरार्ईएको थियो । २२ बिद्यार्थीहरुले सो ग्रेडिङमा सहभागिता जनाएका थिए । ग्रेडिङ पास गरेका सबै बिद्याथीहरुलाई प्रमाणपत्र र नयाँ बेल्ट दिएर सम्मान गरीएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …