सप्तरी । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए। कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन्।
भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताइन। पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित छिन्। उनको १२ वर्षीय छोरा छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …