काठमाडौ । बिना कुनै सुचना झ्याप्प झ्याप्प बत्ती जान थालेपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको अभाव महसुस् हुन थालेको उपभोक्ताहरुले बताएका छन ।
काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरमा विगत केहि दिनदेखि विद्युत आपुर्तिमा समस्या सिर्जना भएको गुनासो दिन प्रतीदिन बढदै गएपछी प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्षमा समेत विजुलीमा देखिएको गडबडीका बारेमा व्यापक गुनासा र उजुरीहरुले प्राधिकरणमा कुलमान घिसिङको अभाव महसुस गर्दै उपभोक्ताहरुको गुनासोले यतिबेला सामाजिक सन्जालमा बिभिन्न खालका टिका टिप्पणी हुन थालेका हुन ।
विजुली आपुर्तिमा गडबढ देखिदा सरकार माथि नै गम्भीर प्रश्न सिर्जना गर्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरि समस्या सिर्जना गरिरहेको आरोप उपभोक्ताहरुको रहेको छ ।
प्रधानमन्त्री ओलीले भने लोडसेडिङ नियन्त्रणमा आफ्नै भुमिका रहेको दावी गर्दै सरकारले गरेको काममा कुलमान घिसिङको चर्चा भएकोले कुलमानको पुन नियुक्ती रोकेको हुँ भन्ने अभिब्यक्ती दिदै आईरहेका छन ।
धेरै गुनासाहरु आउन थालेपछी सर्वसाधारणको गुनासाहरुलाई सम्बोधन गर्दै नेपाल बिद्धुत प्राधिकरणले बिद्दुत आपुर्तिमा कुनै पनि समस्या नभएको र विभिन्न ठाउँहरुमा बिजुलिको संरचनाहरु मर्मतसम्भार गर्नुपरेको कारणले गर्दा सम्बन्धित स्थानहरुमा बिजुली काट्नु परेको स्पष्टीकरण दिने गरेको छ ।
प्राधिकरणमा कुलमान घिसिङलाई पुन नियुक्ती नदिनु र ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझीको आगमन हुनु कतै लोडसेडिङ फर्कन लागेको त होइन भन्ने शंका सर्वसाधारणमा देखिएको छ ।
बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्व सूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । कुलमान घिसिङ हुँदा यो मितीमा यती बजे यो ठाउँमा यो कारणले बत्ती काटिने छ भनेर पूर्व सुचना हुन्थो अहिले त्यो किन हुन सकेन ? कतै इन्भटर, सोलर जस्ता बैकल्पिक बाटोबाट कमिशनको खेल हुन लागेको त होइन भने जस्ता प्रश्न हरुले उपभोक्ताहरुको सामाजिक सन्जाल भरिएको छ ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …