तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सरकारले यतिबेला सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लाईसेन्सका लागि यसरि दिनुस आवेदन

१) सुरुमा www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

२) त्यसपछि  ‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि  ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …