तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दमौली । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो । शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ । खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

खुल्लातर्फ प्रथमलाई ६५ हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुने तीनजनालाई १० हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए । खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट भ्युटावरसम्मको ४० किमी दूरीमा हुनेछ ।

ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैँचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोट राजाको भग्नावशेषका रुपमा भिरकोटकोटसम्म पुग्नेछ ।

स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीयस्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा अवस्थित ज्यामिरे माई मन्दिरसम्म १० किमी दूरीको हुनेछ । उक्त दौडमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

महिला दौड ऋषिङ–८ गढीकोटदेखि ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्म चार किमी दूरीको हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई आठ हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । दौड प्रतियोगिताकै अवसर पारेर ऋषिङ–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकयस्थल गढीकोटमा निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भको शिलान्यास गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

साथै दौड सम्पन्न हुने स्थान ऋषिङ–३ मा निर्माणसम्पन्न भएको दबुङ दृश्यावलोकन स्तम्भको उद्घाटन गरिनेछ । “ऋषिङ ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान हो, प्रतियोगिताको उद्देश्य भनेको त्यस्ता स्थलको प्रचारप्रसार गर्नु हो”, उनले भने, “ओझेलमा परेका त्यस्ता ठाउँको पहिचानका लागि दौडले सहयोग पुग्नेमा विश्वस्त छौँ ।”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …