तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बुद्दी प्रकाश ओली ( सभापती नेपाली जनसंपर्क समिती क्यानाडा )

काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकत्रान्त्रिक पार्टि नेपाली कांग्रेस अहिले महाधिबेशनको तयारीमा जुटेको छ । २००७ सालमा प्रजातान्त्रिक आन्दोलन देखी २०६२/६३ को जनआन्दोलन सम्म नेपाली कांग्रेसले नेतृतवदायी भूमिका निर्वाह गर्दै आएको छ । हरेक राजनीतिक घटनाक्रममा कांग्रसले आफ्नो अभिभाबकीय भूमिका निर्वाह गरेको छ । 

बि.पी. गणेशमान , किसुन जी को योगदानले गर्दा आजसम्म पार्टि जिवन्त रहेको छ । समयक्रम संगै पार्टि रुपान्तरण हुन नसक्दा पार्टिमा अहिले विचार नेतृत्वको संकट छ । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन संगै दलहरु धुब्रिकृत भएका छन् । 

कांग्रेसको आगामी महाधिवेशन र वर्तमान राजनीतिक घटनाक्रममा कांग्रेसको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा यस आलेखमा चर्चा गर्न खोजिएको छ । 

जननेता बिपीको विचार र संस्कारको जग उभिएको कांग्रेसले राष्ट्रियता , लोकतन्त्र र समाजबादका लागि सात दशक लामो संघर्ष गरेको छ । बिपी संग विचार र नेतृत्व दुबै गुण थियो । त्यसपछिका नेताहरुमा बैचारिक र नेतृत्व अभाव भयो । बिपी स्वयं युवा अवस्थामा पार्टि सभापति र प्रधानमन्त्री भइसक्नु भएको थियो । 

तर अहिलेको केन्द्रिय समितिलाई हर्ने हो भने ४० वर्षमुनिको नाम भेटन गाह्रो छ । ६० कटेका नेता पार्टिको कार्यकारी भूमिकामा छन् । एकपटक पदमा पुगेपछि बाँचुन्जेल पटक पटक लाभको पद लिन चाहने प्रवृत्तिले गर्दा युवा पुस्ताले अबसर पाएन । लोकतान्त्रिक पार्टि भएपनि पार्टि भित्र आन्तरिक लोकतान्त्रिक अभ्यास खासै भएन । जसले गर्दा नेता कार्यकर्ता पत्तिमा लोकतान्त्रिक संस्कार देखिएन । जसले गर्दा लोकतन्त्रमा आस्था राख्ने आम नागरिकले कांग्रेसलाई विश्वास गर्न सकेनन् । 

नेतृत्वको नयाँ बिचार नयाँ सोच र संगठन बलियो नहुँदा कांग्रेसको जनाधार खस्किदै गयो । त्यसको परिणाम निर्वाचनमा देखियो । अब उपयुक्त समय आएको छ । आगामी महाधिबेशनमा नयाँ विचार र नयाँ सोच सहितको नेतृत्वको बहस आवश्यक छ । पार्टि भित्र एक व्यत्ति , एक पद , एक पटक भन्ने नारा अगाडी बढाउनु पर्छ । २१ औं शताब्दी सुहाउँदो नेपालको आफ्नै मौलिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्यो । 

हाम्रो कांग्रेस राम्रो कांग्रेस बनाउन नेतृत्वले व्यक्तिगत स्वार्थ , गुठगत स्वार्थ भन्दा माथि उठेर निर्णय लिन सक्नु पर्दछ । किसुन जी पछि नेपाली कांग्रसमा नैतिक राजनीतिक संस्कार हराउदै गएको छ । जबसम्म राजनीतिक नेतृत्व नैतिकवान र जनताप्रति उत्तरदायी हुदैन तबसम्म पार्टि एवं देश बन्दैन । तसर्थ आगामी महाधिवेशनमा नयाँ विचार सहितको नयाँ सोचको नेतृत्वको खाँचो छ । त्यसैले (Make Nepal again  Great Nepal again ) यो अहिलेको मुल मन्त्र को आवश्यक छ |

महाधिवेशनमा तयारीमा जुटेको कांग्रेसको ध्यान देशको नयाँ राजनीतिक घटनाक्रमले अन्यत्र मोडिएको छ । पार्टि महाधिबेशनको पूर्व सन्ध्यामा सरकारले संसद विघठन गरी बैशाखमा निर्वाचन घोषणा गरेको छ । त्यसको प्रभाव कांग्रेसमा आन्तरिक राजनीतिमा गहिरो प्रभाव पर्ने छ । असंवैधानिक कदमको विरोध गर्ने या त निर्वाचनलाई स्विकार्ने । अर्कोतर्फ पार्टि महाधिबेशन समयमै सम्पन्न गर्ने चटारो छ । यस विषयमा नेताहरुका आफ्नो आफ्नो तर्क र विचार होला । नेतृत्वले संयमित भएर निणर्य लिनेछ । 

देश र जनताको भलाई कांग्रेसको पहिलो एजेन्डा बन्नु पर्दछ । सत्ता एवं गुणगत स्वार्थ त्यागेर बर्तमान पार्टि सभापति एवं बरिष्ठ नेता दुबैले अवको आफ्नो पुरानो सोच पुरै बदलि नयाँ सोच नयाँ नारा सहित् जनतासँग भ्रस्ट्चारको पुरै अंत्य हुने कसम् र बाचा सहित् को सन्देस् दिन सक्नु प्रछ,  कि  नेतृत्व युवा दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने हो भने आगामी निर्वाचनमा कांग्रेसले दुई तिहाई जनमत लिन सक्छ । जनताले नयाँ सन्देस्  सहित् को नयाँ नारा वा नयाँ नेतृत्व खोजिरहेको छ । भ्रष्टाचार मुक्त सुशासन र समुन्नत नेपाल आजको आवश्यकता र समयको माग हो । 

जनअपेक्षालाई कांग्रेसले बुझन् सक्नुपर्छ । विगतका कमीकमजोरीबाट पाठ सिकेर देश र जनताका लागि काम गर्न अब ढिला गर्नु हुदैन । नेकपा विभाजनले कांग्रेस सामु झनै ठुलो अबसर आएको छ । सबैलाई समेटेर जाने मौका मिलेको छ । गौरबमय इतिहास बोकेको कांग्रेस थप जिम्मेवारी बोधका साथ देश र जनताको उज्जल भविष्यका लागि अघि बढन जरुरी छ ।

जयनेपाल   🙏

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …